हापुरे, माघ २१ गते। लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य धनबहादुर मास्कि राजेशले लुम्बिनी प्रदेश सरकारले छिट्टै पुर्णता पाउने बताउनुभएको छ। दाङको बबई गाउँपालिकामा आयाेजित हापुरे पुरनधारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे १५ ओैं बार्षिक साधारणसभालाई सम्बाेधन गर्दै मास्किले सहरी बिकास मन्त्रालयकाे जिम्मेवारी पाउने सम्भावना रहेको बताउनुभएको छ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मास्किले मन्त्रालयकाे जिम्मेवारी पाएमा आफ्नाे निर्वाचन क्षेत्रकाे बिकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै समग्र प्रदेशकाे बिकासमा लागिपर्ने बताउनुभयाे । सांसद मास्किले खानेपानीको क्षेत्रमा बिकास गर्नका निमित्त खानेपानी डिभिजन कार्यालयहरु मार्फत मुहानको सर्भे गरि नागरिकको घर घरमा स्वच्छ खानेपानीको ब्यवस्थापन गर्ने कार्यकाे थालनी भएको बताउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर