
दाङमा शुक्रबार बेलुकी जिप दुर्घटना हुदा ४ जना घाइते भएका छन । घाइते हुनेमा जिप चालक तुलसीपुर ९ बेलुवा निवासी ३४ वर्षीय लोक बहादुर खत्री, जिपमा सवार पश्चिम दाङको बबई गाँउपालिका २ निवासी १८ वर्षीय वविता केसी, सोही ठाँउ निवासी २१ वर्षीय विनिता केसी र सल्यानको कालिमाटी गाँउपालिका ३ निवासी २७ वर्षीय सेतिचाम घर्ति रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दाङको तुलसीपुर देखी सल्यानको कालिमाटी तर्फ जादै गरेको भे १ ज ३३६ नम्बरको जिप बबई गाँउपालिका २ ट्वाङखोला स्थित ब्रेकफेल भएर सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

