रामप्रसाद सुवेदी
हापुरे, माघ १३ गते। दाङको बबई गाउँपालिका ५ का ओबिराम सुवेदीले ४८ जना गरिव,तथा जेहेन्दार बिधार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नुभएको छ। सुवेदीले आफ्नी स्वर्गीय आमा निमा कुमारी सुवेदीकाे सम्झनामा बबई गाउँपालिकाकाे वडा नम्बर १ मा रहेको जनकल्याण आधारभुत बिधालयमा पुगेर कापि, कलम,इलेजर,कटर र एकदिनकाे खाजा समेत बितरण गर्नुभएको हाे ।

आफुले गरेकाे सहयाेगले केहि बिधार्थिहरुलाई भएपनि पढाइमा हाैला मिल्ने अपेक्षा सहित आफुले बबई गाउँपालिकाकाे बिकट क्षेत्र वडा नम्बर १ मा रहेको बिधालयमा शैक्षिक सामाग्री बितरण गरेकाे सुवेदीले बताउनुभयो । उहाँले प्रति बिधार्थी ६ थान कापी,१२ थान, पेन्सिल २ थान ईलेजर २ थान पेन्सिल कटर २ थान र एकदिनकाे खाजाकाे रुपमा १ थान चाउचाउ बितरण गर्नुभएको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर