हापुरे ११ माघ ।

बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसी क्षेत्रीले आबश्यक्रा अनुसारका काम सबै संघ संस्थाले गर्नु पर्ने बताउनु भएको छ । स्थानिय सरकारको नजर पुग्न नसकेका क्षेत्रमाहरुमा संघ संस्थाहरुले काम गर्नु सराहनिय भएको बताउनु भयो । अध्यक्ष क्षेत्रीले हापुरे अनलाईनले आयोजना गरेको गरिव तथा विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा विरतण कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।

उहाँले कार्यक्रममा बाल्दै विपन्न बालबासिलका लाई न्यानो कपडा वितरणको कार्यक्रमले स्थानिय सरकारलाई समेत झकझक्याएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएको अध्यक्ष क्षेत्रीले स्थानिय सरकारले पनि गरिव तथा विपन्नको परिवारका सदस्यहरुलाई चिसोबाट बच्न न्यानो कपडा वितरणका कार्यक्रम आगामी वर्षहरुमा ल्याउने बताउनु भयो ।

सत्य समाचारको बलियो आधार भन्ने मुल भाव वोकेको हापुरे मिडिया द्धारा सञ्चालित हापुरे खबर डट कमको आयोजना तथा के.आई.ए. मिडिया प्रा.लि. द्धारा सञ्चापलत हापुरे खबर डट कमको सहकार्यमा आयोजित कार्यक्रममा पहिलो चरनमा १७ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको अभियानका अभियान्ता राम प्रसाद सुबेदी जानकारी दिनु भयो । उहाँका अनुसार अभियान अन्तरगत बबई गाउँपालिकाका ५० जना गरिव तथा विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने योजना रहेको छ । वाँकी ३३ जना बालबालिकालाई पनि कार्यक्रमको आयोजना गरि कपडा वितरण गरिने अभियान्ता सुबेदीको भनाई छ ।

कार्यक्रम लोकतान्त्रिक प्रावि कञ्चनपुरका प्रअ तिलाकुमारी वलीको अध्यक्षता तथा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर केसी क्षेत्रीको प्रमुख आतिथ्यता तथा बबई गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष टेकबहादुर वलीको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य रामबहादुर डाँगी, यूगबोध राष्ट्रिय दैनिक तुलसीपुरका प्रमुख प्रेमबहादुर राम्जा, छहरा अनलाईनका अध्यक्ष झुपलाल बुढा, हापुरे खबरका सम्बाददाता सुहाना सुनार लगाएतकाको सहभागिता रहेको थियो । अभियानमा जोडिएर आर्थिक सहयोग गर्नेहरु प्रति आयोजकले धन्यबाद समेत ब्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर