
शान्तिनगर २८ पुस ।
नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति शान्तिनगरको बिहिवार निर्वाचन सम्पन्न भएको छ । अन्य पदहरुमा निर्बिरोध निर्बाचित भएता पनि कार्यसमितिको अध्यक्ष र सचिव पदमा सहमति नभए पछि निर्बाचन भएको हो । अध्यक्षमा ८९ मत ल्याइ बि.पि. मावि बयालेमा कार्यरत शिक्षक खेमराज तिवारी बिजयी हुँदा उहाँका प्रतिस्पर्धी खुमानन्द पौडेलले ७६ मत प्राप्त गर्नु भएको थियो ।

त्यसै गरि सचीवमा हिराबहादुर डाँगी ८३ मतका साथ बिजयी हुनु भएको छ । सचिवका प्रतिस्प्रधी डिलाराम खरालले ८० मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक भागवत न्यौपानेले जानकारी दिनु भएको छ । कुल १ सय ७६ मत मध्य १ सय ६६ मत खसेको थियो । नेपाल शिक्षक संघ शान्तिनगरको अधिबेशन बुधबार जुम्लेकुलामा उद्घाटन गरिएको थियो । नब निर्वाचित पदाधिकारीहरुलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि प्रमाणपत्र प्रदान गरिने निर्वाचन समितिले बताएको छ ।