
हापुरे २१ पौष ।
बबई गाउँपालिकामा आगामी २५ गते अपांगता परिचय पत्र वितरण नहुने भएको छ । बिशिवार १ सुचना जारी गर्दै बबई गाउँपालिकाले प्रत्यक महिनाको २५ गते वितरण हुदै आएको अपांगता परिचय पत्र पौष महिनामा वितरण नहुने बताएको हो ।


महिला तथा वालवालिका शाखाबाट वितरण हुदै आएको उक्त परिचय पत्र विशेष कारण यो महिनामा वितरण गर्न नसकिने प्रमुख प्रशासकिय अधिकृत मुक्ति नन्द रावलले निकालेको सुचनामा उल्लेख गरिएको छ ।
उहाँका अनुसार प्रत्यक महिनाको २५ गते वितरण गर्दै आएको अपांगता परिचय पत्र विशेष कारणबस पौष्े महिनामा वितरण नसकेपनि माघमा भने नियमित रुपमा काम हुने बताईएको छ ।