
हापुरे १९,पौष ।
दाङको बबई गाउँपालिका ५ पदमपुरकी गोमा घिमिरे निलो सर्ट, कालोकोट पाईन्ट जुत्ता र टाइमा सजिएर प्याजका बेर्ना रोपिरहेको अवस्थामा भेटिनुभयो । गोबर लागेका हातले कपाल मिलाउदै कोदाली खनिरहनु भएको थियोे उहाँ संगै अध्ययन गर्ने साथिहरुले पनि । छेउमै थियो ठुलो पोखरी अनि वरिपरि देखिन्थे रहर लाग्दा काउली, आलु, टमाटर, लसुन, प्याज, धनिया र हरिया सागपातहरु ।

यो कुनै सिनेमा चलिरहेको कथा हैन । यो दृश्य हो जनकल्याण माध्यमिक बिद्यालय बबई ५ पदमपुरको जहाँ कक्षा ९ देखि कक्षा १२ सम्म थप प्राविधिकधार कृषि बालि बिज्ञान पढाइ हुन्छ त्यहीँ अध्यन गरिरहेका बिद्यार्थिहरुको दैनिकी कृषि गरेर बित्ने गरेको छ । घिमिरे मात्रै होईन त्यहाँ अध्यनरत सबै बिधार्थी खुसी साथ केहि न केही काममा ब्यस्त हुन्छन ।
हामीसँग कुराकानी गर्दै घिमिरेले भन्नुभयो हाम्रो नेपाल कृषीमा आश्रीत देश भएरपनि अझै यो पेशालाई पुर्खाैली तवरले अगाडि बढिरहेको छ, यसलाई आधुनिक तरिकाले अगाडि बढाउन पनि आफुले कृषि वाली विज्ञान बिषयलाई रुचिको बिषय बनाएको बताउनुभयो । घिमिरेले हास्दै भन्नुभयो यो बिषय पढेर बिद्यालयबाटै खाजा खर्च पनि जुटाउन सकिएको छ । अहिले देखि नै पढ्दै सिक्दै र कमाउदै गर्नुभएकि घिमिरे कृषि पढेर भबिस्य उज्ज्वल हुनेमा बिश्वस्त हुनुहुन्छ ।
बालि बिज्ञान पढ्न टाढा जानुपर्ने बाध्यता रहेको अवस्थामा घरगाउँ मै कृषि बिषय पढ्न पाउँदा खुसि रहेको कक्षा १० मा अध्यनरत लिलाधर वलीले बताउनुभयो । उहाँले बाउ बाजेले गरीरहेको कृषि पेलालाई आधुनिक रुप दिन सके कृषिमा ठुलै क्रान्ति गर्न सकिने धारणा राख्नुभयो ।
कक्षा ११ मै अध्यनरत दिलमायाँ रावत सहितका बिधार्थीहरु हटबेट बनाउनमा ब्यस्त देखिनु हुन्थ्यो गोबर माथि पराल र त्यसमाथि माटो हालेर सम्याउदै गर्नुभएकी रावतले हामीलाई भन्नुभयो हामी हटबेट बनाउदै छौं । चिसोको समयमा उत्पादित बेर्ना त्यसमाथि भन्डारण गर्दा तलको गोबरको बाफले तापक्रम ब्यबस्थापन गर्ने र बेर्ना खराव नहुने उहाँले बताउनुभयो ।
रावतले घरमा आर्थिक अवस्था कम्जोर भएका बिधार्थिहरुको लागि यो बिषय अझ उत्तम हुने अनुभव सुनाउनु भयो । भविष्यमा जागिरे बन्न नसके पनि सानो लगानीमा आधुनिक कृषि पेसा गरेमा मनग्गे आामदानी गर्न सकिने उहाँको बिस्वास रहेको छ । परिवारकै साथमा रुचिको बिषय पढ्न पाउँदा खुसि रहेको उहाँले बताउनुभयो ।
बबई गाउँपालिकाको केन्द्रमा रहेको जनकल्याण माध्यामिक बिधालयमा कक्षा १ देखि कक्षा १२ सम्म पढाइ हुन्छ । कक्षा ९ देखि १२ सम्म थप प्राबिधिकधार कृषि बालि बिज्ञान बिषयमा पढाइ भैरहेको छ ।
यति मात्र हैन यहाँका विद्यार्थीहरुले बेमौषमी तरकारी खेती समेत गरिरहेका छन् । उनीहरुले उत्पादन गरेको तरकारी हापुरे वजारमा गएर बिक्रि गर्ने गरेका बिद्यालयका शिक्षकले बताउनु भएको छ । कृषि वाली बिज्ञान बिषय पढिरहेका बिद्यार्थीहरुले समुह विभाजन गरेर बिद्यालय कै जमिनमा तरकारी खेती करेका छन् । उनीहरुले उत्पादन भएको तरकारी हापुरे वजारमा पुगेर बिक्रि गरेर आम्दानी गरिरहेका छन् ।
यसरी कक्षा ९ मा पढ्दा देखी नै आम्दानीमा जोडिएका बिद्याथीहरुले आफ्नो भविष्य उज्वल देख्नु स्वभाविक पनि हो । स्वभाविक रुपमा प्राविधिक शिक्षा आजको आबश्यक्ता भएको छ । बिद्यार्थी जिवनबाट नै आम्दानीको संग जोड्न सहयोग गरेको वालि विज्ञान विषय जस्तै अन्य प्राबिधिक विषयहरु नेपाली समाजका लागी अत्यावश्यक देखिन्छ । देशको विकास र समृद्धीका लागी आबश्यक प्राविधिक शिक्षाको महत्व बुझि यसमा राज्यले लगानी गर्नु पर्ने देखिन्छ ।