हापुरे १२ पुस ।

दाङको शान्तिनगर गाउपालिकामा अन्तरपालिका स्तरिय न्यायिक समितीको समन्वय बैठक सम्पन्न भएको छ । शान्तिनगर गाउपालिकाकाे आयोजना, आइएम स्विडिस डेभलपमेन्ट पार्टनर नेपाल र समाजमा वातावरणीय शिक्षाको बिकास (सीड) संस्थाको सहयोगमा बैठक सम्पन्न भएको हाे।

 

शान्तिनगर गाउपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक प्रेमा कुमारी बुढाथोकीको अध्यक्षता तथा बबई गाउपालिकाका उपाध्यक्ष एवम न्यायिक समिती संयोजक बमकुमारी खड्काको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हाे । बैठकमा दाङ जिल्लाका तुलसीपुर उपमहानगरपालिका, दङ्गिशरण गाउपालिका, बबई गाउपालिका र शान्तिनगर गाउपालिकाका स्थानिय न्यायिक समितिका तर्फबाट, आर्थिक बर्ष २०७९/८० को हालसम्मको अबधिमा उजुरिको अवस्था, फर्चौटको अवस्था, आइपरेका चुनौती, चुनौती समाधानका लागि अपनाइएको विधि तथा सिकाइ तथा भावी योजनाका सम्बन्धमा सम्बन्धित पालिकाका उजुरी प्रसासक र सहायक प्रसासकका तर्फबाट प्रस्तुतीकरण गरिएको थियो।

बिशेषत लैङ्गिक हिंशाका घटनामा स्थानीय न्यायिक समितिको समान बुझाइ निर्माण गर्न र न्यायिक समितिका राम्रा अभ्यास तथा न्याय निरुपणमा अपनाइने विधि तथा प्रक्रियामा सहजता ल्याउन र एक आपसमा सहयोग आदान प्रदान गर्नका लागि सहजता ल्याउने उदेश्यका साथ अन्तरपालिका स्तरिय बैठक सम्पन्न गरिएको सिड संस्थाका कार्यक्रम संयोजक उमेश खरेलले बताउनुभयो।

शान्तिनगर गाउपालिकाका प्रसासन शाखा प्रमुख एवम उजुरी प्रसासक कृष्ण कुमार कडेलले सहजीकरण गर्नुभएको बैठकले न्यायिक निरुपणका गर्दा आइपर्ने समस्या तथा जटिलता समाधानका लागि एक आपसमा सहयोग आदान प्रदान गर्दै अगाडि बढ्ने निर्णय गरेकाे छ।।

प्रतिक्रिया

सम्बन्धित खवर