मंसिर २१ , काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नामिबियासँगको खेल जित्न नेपालले २७६ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो । उसका लागि तेस्रो क्रमका ब्याटर माइकल भान लिङ्गेनले ११५ रनको शतकीय पारी खेले । उनले १११ बल खेल्दै १५ चौका र १ छक्का प्रहार गरे ।

ओपनरद्वय लो–हान्ड्री लोरेन्स र डिभान ला कक क्रमशः १४ र १८ रनमा आउट भए । तेस्रो विकेटका लागि कप्तान गेरहार्ड र माइकलले ९९ रनको साझेदारी गरे । कप्तान गेरहार्ड इरामुसले ७६ बल खेल्दै १ चौका र २ छक्का प्रहार गर्दै ५३ रन बनाए ।

तेस्रो क्रममा आएका माइकल र पाँचौ ब्याटर जान निकोलले ९० रनको साझेदारी गरे । जान ३२ बल खेल्दै ४० रन बनाउँदै ललित राजवंशीको बलमा दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच भए । छैटौं ब्याटर जे जे स्मिथ ५ बल खेल्दै २ रनमा कुशल भुर्तेलको हातबाट क्याच भए ।

प्रतिक्रिया

सम्बन्धित खवर