
कैलाली, २१ मंसिर ।
कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ भने अर्का एकजना गम्भीर हुनुभएको छ । मृत्यु हुनेमा जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारी रहेको प्रहरीले जनाएको छ । हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभएको छ ।

यस्तै हँसिया प्रहारबाट अर्का ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते हुनुभएको छ । उहाको टीकापुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ । हसिया प्रहार गर्ने मृतकका भिनाजु सोही ठाउँ निवासी ५० वर्षीय गौरीलाल ढुङ्गाना फ्रहार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।