
तुलसीपुर, १८ मंसिर । दाङको तुलसीपुर – १ छोटेमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ३५ वर्षका केशव पाण्डे रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो । बिहान करिब ९ बजे घर नजिकै जङ्गलमा सालको रुखमा घाँस काट्ने क्रममा खसेर गम्भिर घाइते भएका पाण्डेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रनि केसीले जानकारी दिनुभयो ।

