
राष्ट्रिय स्वतन्त्र पार्टीबाट दाङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कमल सुवेदीले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ् । उहाँले बुधबार तुलसीपुरमा पत्रकार सम्मेलन गरेर चुनावी खर्चको विवरण सार्वजनिक गर्नुभएको हो । सुवेदीले ६५ दिनसम्मको चुनावी दौरानमा ८ लाख १ हजार ७२४ रुपैया खर्च गरेको बताउनुभएको छ । उक्त रकम मध्ये ३ लाख ३ हजार ६५७ रुपैयाँ सुभेच्छुकहरुको सहयोगबाट र ४ लाख ९८ हजार ६७ रुपैया व्यक्तिगत रकम खर्च भएको सुवेदीले बताउनुभयो ।
सुवेदीका अनसार उक्त रकम मध्ये प्रिन्टिङ ( भिजिटिङ कार्ड, स्टिकर, व्यानर, बाचापत्र, झण्डा, नमूना मतपत्र छपाई) मा २ लाख ७० हजार ८२४ रुपैयाँ खर्च भएको छ । त्यसैगरी यातायात तर्फ १ लाख ९५ हजार, चिया खाजा खानामा १ लाख ८४ हजार ४ सय, फेसबुक बुस्ट २० हजार, डिजे, डेक स्पिकरमा ८६ हजार ५०० सय, निर्वाचन सम्पर्क कार्यालय भाडा ( तुलसीपुर, रगैचा, हापुरे) १८ हजार ५ सय र अन्य मसलन्द एवं प्रशासनिक खर्च रु २६ हजार ५ सय गरी ८ लाख १ हजार ७२४ रुपैयाँ खर्च भएको सुवेदीले जानकारी दिनुभयो । उक्त अवसरमा सुवेदीले आफुलाई चुनावी अभियानमा आर्थिक, भौतिक, एवं नैतिक रुपमा सहयोग गर्ने सुभेच्छुकसहित मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ् । मंसिर ४ गते भएको निर्वाचनमा सुवेदीले १५ हजार ३२६ मत प्राप्त गर्नुृभएको थियो । उहाले बिहिवार प्रदेश निर्वाचनको कार्यालयमा पुगेर निर्वाचन खर्च विवरण बुझाउने बताउनुभयो ।

