
बबई गाउँपालिका ४ घर भएका याम प्रसाद बोहरा हाल डिप्रोक्स लघुबित्तमा काम गर्नु हुन्छ । केही समयको पत्रकारिता पछि लघुबित्तको जागिरमा छिरेका बोहरा साहित्य सिर्जनामा निकै चासो राख्ने गर्नुहुन्छ । बोहराले साहित्यका बिभिन्न बिधामा कलम चलाउदै आउनु भएको छ । सञ्चार क्षेत्रमा समेत दख्खल राख्ने बोहराले गजल, कविता, मुक्तक, लघुकथा लगाएतका साहित्तीक सिर्जनाहरु गर्ने गर्नु हुन्छ । आज साहित्यकार बोहराका ४ मुक्तकहरु यहाँ समेटिएका छन् ।
१
कुरा चल्यो, सम्वन्ध गाँस्ने रहर आएपछि
सजाईयो सपना, मिलनको त्यो सहर आएपछि
कस्तो हालत भयो होला विचरी ति वधुलाई
विहेकै दिन वर भागेको खवर आएपछि ।।

२
न जित भएजस्तो न हार भए, जस्तो
लाग्यो उमेर मै जिम्मेवार भए जस्तो ।
उ देख्छु अनि व्यवहार देख्छु, अच्चमको
लाग्छ विहेको लागी भाई, तयार भए जस्तो
३
आफनो आफू माथि त विश्वास हुनुपर्छ,
सफल हुन्छु भन्ने त आश हुनुपर्छ ,
तिम्रो जाँच म दिन्छु भनेपनि साथीले
जिन्दगिको परिक्षा त आफै पास हुनुपर्छ ।।
४
लिनेले नलिए भन कसरी सम्भव हुन्छ
सिउनेले नसीए भन कसरी सम्भव हुन्छ,
नआएसी तिमी हात माग्नलाई घरमा
तिम्रो मेरो विहे, भन कसरी सम्भव हुन्छ ।।