तुलसीपुर, १० मंसिर ।

दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १६ जदगाउँ निवासी ४५ सुरेश डाँगी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार आफ्नै छोरा १९ वर्षीय निर्मल डाँगी र सोही ठाउ निवासी ५५ वर्षीय पेण्डु चौधरी सहित ३ जनाले पेण्डुको घर बाट बिजुलिको लाईन लिएर सोहि स्थानमा रहेको मलवारे कुलोमा माछा मार्ने क्रममा डागीलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

मृतक डाँगीको शवलाई पोष्टमार्टमको लागी राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा ल्याइएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर