दाङ क्षेत्र नं.३ को प्रदेशसभा २ मा गठबन्धनका धनबहादुर मास्की(राजेश) विजयी हुनु भएको छ । प्रदेशसभा सदस्यकालागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मास्कीले २२ हजार ३ सय २१ मत ल्याउनु भएको छ, भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका हुकुम बस्नेतले २० हजार १ सय ५८ मत ल्याउनु भएको छ । उहाँहरुबीच २ हजार १ सय ६१ मतको अन्तर रहेको छ । यद्यपि निर्वाचन कार्यालयले घोषणा गर्न भने बाँकी रहेको छ ।

मास्कीलाई प्रदेशको मुख्यमन्त्रीका रुपमा पनि हेरिएको छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य जगप्रसाद शर्माका अनुसार मास्की भन्दा पछि डिभिजन कमाण्डर भएकाहरु कोही मुख्यमन्त्री भइसकेका र कोही मन्त्री भइसकेको भन्दै अब मास्की मुख्यमन्त्रीको लाइनमा रहेको बताईएको छ । मास्की पहिलो पटक संसदमा प्रवेश गर्ने अवसर पाउनु भएको छ । उहाँ जनयुद्धका चर्चित कमाण्डर समेत हुनुहुन्छ ।

त्यस्तै निर्वाचनमा राप्रपाका भुपाल रावतले ३ हजार ४ सय १९, मंगोल नेश्नल अर्गनाइजेशनका शुशिल चौधरीले ५ सय ६२ , स्वतन्त्र उम्मेदवार अृमता कुमारी बस्नेतले ४ सय ५०, दुर्गा बहादुर वलीले २ सय ७८, गणेशबहादुर बस्नेतले १५९ राजन डाँगीले १२०, भुपबहादुर विकले ११८ मत ल्याउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर