
हापुरे, २ मंसिर । पश्चिम दाङमा श्रीमानले हथौडा प्रहारगरी आफ्नै श्रीमतीको हत्या गरेका छन । बबई गाउँपालिका १ क्यूरेनी निवासी ४० वर्षीय लाल बहादुर बोटेले श्रीमती ३४ वर्षीया खुमी बोटेलाई हथौडा प्रहार गरेर हत्या गरेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मान बहादुर बिष्टले जानकारी दिनुभएको छ ।
प्रहरी नरीक्षक बिष्टका अनुसार श्रीमतीको हत्या गरेको थाहा पाएपछि छिकेमीहरुले बोटेलाई बाहिरबाट चुक्कुल लगाएर कोठामा थुनेका थिए । सामान्य झगडा पछि श्रीमतीको हत्या गरेको प्रहरी समक्षा बोटेले बयान दिएको प्रहरीले बताएको छ । छोराछोरी मामा घरमा गएकाले घरमा श्रीमान र श्रीमती मात्रै रहेको प्रहरीले बताएको छ । अहिले बोटेलाई प्रहरीले नियन्त्रण लिएको छ ।

