दाङ २ मंसिर ।

दाङमा मोटरसाईकल दुर्घटना हुदा दुई जना घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर ६ निवासी परिछित पार्धे र सोही ठाउँ निवासी १९ वर्षीय बिकेश पार्धे रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभएको छ ।

 

उहाका अनुसार बिहीबार बेलुका ९ बजेको समयमा तुलसीपुरबाट बिजौरी तर्फ जाँदै गरेको प्रदेश ३–२६ प १९०६ नं. को मोटरसाइकल तुलसीपुर ७ पर्सेनीमा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो । घाईते मध्ये १९ वर्षीय बिकेश पार्धेलाई सामान्य उपचारपछि थप उपचारको लागि कोहलपुर रिफर गरिएको छ भने परिछितको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर