
दाङ ३० कात्तिक ।
जिल्ला प्रशासन कार्यालय दाङले प्रवाह गर्ने सेवा ५ दिनका लागी बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह भईरहेका सेवा मध्य निर्वाचन तयारी, शान्ति सुरक्षा, विपद ब्यबस्थापन र मुद्धा सम्वन्धि सेवा वाहेक अन्य सम्पुर्ण सेवाहरु बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभएको छ ।


जिल्ला प्रशासन कार्यालयका कर्मचारी निर्वाचन मतदान केन्द्रमा खटिएकाले सेवा प्रवाह बन्द गरिएको बताईएको छ । जिल्ला प्रशासन कार्यालय दाङका वेवाहरु मंसिर १ गते देखी ५ गते सम्म बन्द हुने छन् । त्यस्र्तै कार्याललयले मतदान केन्द्र रहेका बिद्यालयलाई मंसिर १ गते देखी ५ गते सम्म बन्द गर्ने ब्यबस्था मिलाउन पालिकाहरुलाई निर्देशन समेत गरेको छ ।