
तुलसीपुर । दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनधि सभा सदस्यका उम्मेदवार नै एमालेमा प्रबेश गरेका छन । राष्टिय जनमुक्ती पार्टिबाट उम्मेदारी दिएका कृष्णविर नेपाली आज देखि एमालेमा प्रबेश गरेको विज्ञप्ती मार्फत जानकारी दिएका छन ।

उनले जनमुक्ति पार्टिको साधारन सदस्य समेत त्याग गरेर एमालेका उम्मेदवर लाई समर्थन गर्दै सुर्य चिन्हमा मतदान गर्न अपिल समेत गरेका छन । राष्टिय जनमुक्ति पार्टिबाट उम्मेदवार बनेका नेपाली नै एमालेमा प्रबेश गरेपछि एमाले झनै बलियो बनेको एमालेको बुझाई छ ।