
हापुरे २२ कात्तिक ।
बबई गाउँपालिकाले उन्नत जातको गहुँको बिउ वितरण गर्न सुरु गरेको छ । गाउँपालिकाको कृषि विकास शाखाले उन्नत जातको बिउ वितरण गर्न सुरु गरेको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा बिउ वितरण सुरु गरिएको कृषि शाखा प्रमुख चन्द्रशोभा कँडेलले बताउनु भयो ।

कृषकको माग अनुसार गाउँपालिकाको र कृषकको ५०/५० प्रतिशत साझोदारीमा अनुदान उपलब्ध गराईएको बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले बताउनस भयो ।
बबई गाउँपालिकाका गहुँ खेती गर्ने किसानहरुको माग अनुसार ४ जातका गहुँको बिउ वितरण गर्न लागिएको कृषि शाखाका कर्मचारी दिपेन्द्र डाँगीले बताउनु भयो । उहाँका अनुसार हाल २ हजार ६ सय केजी गहँुको बिउ आएको र मागका आधारमा अरु पनि ल्याउन सकिने बताईएको छ । यो बिउ उपचार गरेको बिउ भएकाले ३ वर्ष सम्म प्रयोग गर्न सकिने समेत डाँगी जानकारी दिनु भयो ।