कार्तिक १४ हापुरे ।

नेकपा एमाले बबईले स्थानिय तहको निर्वाचनमा असहयोग गरेको भन्दै ९ जनालाई कार्वाही गर्न तथा स्पस्टिकरण माग गर्न गरेको निर्णय खारेज गरेको छ । नेकपा एमाले बबईका अध्यक्ष टंकराज बिश्वकर्माको अध्यक्षता तथा नेकपा एमाले जिल्ला सचिव मनोहर बुढाथोकीको प्रमुख आतिथ्यतामा सोमबार बसेको विशेष बैठकले यस्तो निर्णय गरेको नेकपा एमाले बबईका अध्यक्ष टंकराज बिश्वकर्माले जानकारी दिनुभयो ।

यसअघि स्थानिय तहको निर्वाचनमा असहयोग गरेको भन्दै गत जेठ २२ गतेको बबई गाउँ कमिटीको बैठकले ९ जना मध्य केहिलाई स्पस्टिकरण सोध्ने र केहिलाई कार्वाही गर्ने निर्णय गरेको थियो । सोमबारको बिशेष बैठकले उक्त निर्णयलाई रद्ध गर्दै सबैलाई उचित जिम्मेवारी प्रदान गर्न जिल्ला कमिटिलाई अनुरोध गर्ने निर्णय गरेको अध्यक्ष बिश्वकर्माले जानकारी दिनुभयो ।

बैठकले टोपेन्द्र थापा, देविलाल बुढा,ज्ञान प्रसाद आईतवारे,शिव कुमार खत्री,भिम बहादुर पुन बाबू,रुद्रप्रसाद जैसी, बिरेन्द्र डाँगी,टेकेन्द्रराज अधिकारी र थम्मन बहादुर खाम्चा लगायतका लाई कार्वाही तथा स्पस्टिकरण माग गर्ने भनी गरिएको निर्णय खारेज गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर