पश्चिम दाङको बबई गाउँपालिका वडा नं. ५ पुर्वाहापुरेका तेजबहादुर पुन विगत १ साता देखी बेपत्ता हुनुभएको छ । ५६ वर्षका तेजबहादुर पुन भारतबाट घर फर्किने क्रममा नेपालगञ्जबाट वेपत्ता भएको परिवार स्रोतले बताएको छ ।

गत कार्तिक ५ गते भारतको सिम्लाबाट नेपाल आउदै गरेका तेजबहादुर पुन नेपालगञ्जबाट हराएको पारिवारले बताएको छ । भारतकोे सिम्लामा काम गरि तिहार मनाउन घर फर्किएका पुन भारतको चन्डिगढमा चोर मार्फत लुटिएको र दाङका बुद्धि सोतीले परिवार संग सम्पर्क गराई नेपाल पठाएको पुनका छोरा भीमबहादुर पुनले बताउनु भयो ।

छोरा भीमका अनुसार उहाँका बुवा गत कार्तिक ८ गते नेपालगञ्जको लुम्विनी होटेल सम्म आएको तर त्यसपछि बुवा कता जानुभयो भन्ने अहिले सम्म पत्ता नलागेको बताइएको छ । उहाँका बुवा तेजबहादुर पुनको खोजी गरिदिन सबैमा अनुरोध समेत गर्नु भएको छ । हराएका पुनलाई भेटाउने महानुभावले नजिकैको प्रहरी चौकीमा वा छोरा भीमबहादुर पुनको सम्पर्क नम्बर ९८२९५६७१५३ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर