
हापुरे ५, कात्तिक ।
हामी संरक्षणका लागी काम गर्छौं नामक संस्थाले सरिसृप जागरुकता दिवस २०७९ मनाएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरि संस्थाले सरिसृप अर्थात घर्सने जिवहरुको जागरुकता दिवस मनाएको हो । वातावरण संरक्षणका लागी स्थापना भएको संस्थाले पश्चिम दाङको बबई गाउँपालिकाको हापुरेमा दिवसका अवसरमा कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष सन्दिप वलीको अध्यक्षता तथा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीको प्रमुख आतिथ्यता एवम गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्का, बैज्ञानिक वन महासंघका केन्द्रिय महासचिव पर्साराम भुषाल र बबई गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत मुक्तिनन्द रावलको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमममा संस्थाका अध्यक्ष सन्दिप वली, उपाध्यक्ष बसन्त सुबेदीले संस्थाको स्थापनाको औचित्य र सरिसृत जिवहरुको वातावरणमा रहको सकारात्ममक कुराहरुको वारेमा र बैज्ञानिक वन महासंघका केन्द्रिय महासचिव पर्साराम भुषालले वन तथा वातावरण र सरिसृप जिवहरुको भुमिकाको विषयमा प्रस्तुति राख्नु भएको थियो ।
कार्यक्रममा बबई गाउँपालिकाका सात वटा वडाका जनप्रतिनिधी, बबई गाउँपालिकाका सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधी तथा अन्य संघ संस्थाका प्रतनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा दिपावली र छठपर्वको अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको थियो । संस्थाका उपाध्यक्ष बसन्त सुबेदीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष नरेश केसीले गर्नु भएको थियो ।