
चिराघाट ५ कार्त्तिक ।
शान्तिनगर गाउँपालिकाले शुक्रबार बजार अनुगमनको शुभारम्भ गरेको छ। गाउँपालिकाले शान्तिनगर वडा नम्बर ४ को जुम्लेकुला वडा नम्बर २ को बाघमारे सिमसुन्दरपुर र वडा नम्बर १ को खिलतपुरमा रहेका पसल हरुमा अनुगमन गरेको छ। नेपाली हरुको दोस्रो ठूलो चाड तिहार आउनु अगाडि गाउँपालिकाले अनुगमनको कार्य लाई अगाडि बढाइएको जनाइएको छ। अनुगमनको क्रममा पसल हरु दर्ता बिना संचालन गरिएको र म्याद गुज्रिएका सामान हरु फेला पारेको छ।
अनुगमन टोलिले एउटै पसलमा विभिन्न थरिका सामान हरु बेच्ने गरेको जनाएको छ। गाउँपालिका उपाध्यक्ष प्रेमा केसी बुढाथोकीको संयोजकत्वमा खटिएको अनुगमन टोलिले उक्त स्थानमा रहेका किराना पसल, कस्मेटिक पसल, होटेल, फेन्सी, ब्युटी पार्लर, हार्डवयर, मेडिकल, एग्रोभेट, पसल हरुमा अनुगमन गरेको छ। अनुगमन टोलिले पसल संचालकहरुलाई विधि र प्रक्रियामा आइ पसल संचालन गर्न एक महिने समय अबधी समेत दिएको छ । सो समय भीत्र पनि दर्ता नगरी संचालन गरेमा कारबाही गर्ने जनाएको छ। अनुगमन टोलिले शुक्रबार अनुगमन क्रममा फेला पारेका विभिन्न अखाद्य तथा म्या गुज्रेका बस्तुहरुलाई मुचुल्का बनाइ नष्ट गरिने समेत जनाएको छ।

पहिलो दिनको अनुगमन टोलिमा गाउँपालिका उपाध्यक्ष प्रेमा केसी बुढाथोकी , प्रमुख प्रसासकिय अधिकृत डिल्ली खडका, प्रसाशन प्रमुख कृष्ण कंडेल, पत्रकार निराश पान्डे, उद्योग बाणिज्य संघ शान्तिनगर शाखाका अध्यक्ष ज्ञानेन्द्र राज शर्मा र प्रहरी चौकी चिराघाटका प्रतिनिधिको सहभागिता रहेको थियो अनुगमन आइतबार पनि जारी रहने गाउँपालिकाले जनाएको छ।