हापुरे २९ असोज ।
हापुरेमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । लायन्स क्लब अफ बबई छहराको अघुवाईमा जेब्रा क्रसिङ निर्माण गरिएको हो । पैदल यात्रुहरुको सहजताका लागी जेब्रा क्रसिङ निर्माण गरिएको लायन्स क्लव अफ बबई छहराका अध्यक्ष प्रेम वलीले बताउनु भएको छ । उहाँका अनुसार विकसित वजारी करण संगै सवारी साधनको चाप र पैदल यात्रीहरुको पनि चाप बढ्दै गएकाले दुर्घटना न्यूनिकरणका लागी जेब्रा क्रसिङ निर्माण गरिएको हो ।

जेब्रा क्रसिङ निर्माणमा अध्यक्ष वली सहित सचिव निमराज सापकोटा ईलाका प्रहरी कार्यालय हापुरेका प्रहरी सहायक निरिक्षक भीमबहादुर सुनार, ट्राफिक प्रहरी, पत्रकार घनश्याम घिमिरे, यूवा समाजसेवी नरेश धिताल, नरेश केसी, सन्दिप वली लगाएतको सहभागिता रहेको थियो । जेब्रा क्रसिङ निर्माणका लागी तुलसीपुरको पौडेल हाड्वयरले सामग्री सहयोग गरेको बताईएको छ । जेब्रा क्रसिङ निर्माण पछि पैदल यात्रुलाई सहज हुने र सवारी दुर्घटना कम हुने अपेक्ष लिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर