
हापुरे, २८ असोज ।
दलित सेवा संघको आयोजनामा जलबायु परिबर्तन तथा बिपद ब्यबस्थापन कार्ययोजना निर्माण सम्बन्धी २ दिने गोष्ठी हापुरेमा सम्पन्न भएको छ । गोष्ठीमा बबई ५ को खयरभट्टिका बिभिन्न समुहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
दलित सेवा संघ दाङका अध्यक्ष लिला बिकको अध्यक्षता तथा बबई गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्काको प्रमुख आतिथ्यता एवम गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मुक्ति नन्द रावलको बिशिष्ट आतिथ्यतामा सम्पन्न गोष्ठीमा बिपदका घटना न्यूनीकरण गर्न के गर्नु पर्छ भन्ने विषय र आगलागी, बाढी, पहिरो, जस्ता घटनालाई कम गरि जलबायु परिबर्तनकालाई न्यूनिकरण गर्न योजना समेत बनाईएको छ ।
संघका कोषाध्यक्ष किरण बिकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा जनज्योति प्राबी खयरभट्टिका प्रअ कुम्भकर्ण खत्री, स्वास्थ्य शाखा बबईका प्रमुख हरि खड्का, वडा नं. ५ का सदस्य भिम बहादुर खड्का कार्यपालिका सदस्य नारायण परियार लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण संघका सहसचिव सन्तोष चनाराले गर्नु भएको थियो ।

