
हापुरे, १४ असाेज ।
दाङको बबई गाउँपालिक अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीले दाङ जिल्ला मा डेङुरोग् ले महामारी को रुप लिइरहेको अवस्थालाइ ध्यानमा राख्दै यसरोग बाट बच्न सबैलाइ उच्च सतर्कता अपनाउन अपिल गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत अध्यक्ष क्षेत्रीले दाङ सहित देशभर फैलिएको डेङ्गु राेगबाट बच्न सम्पुर्ण बबई बासिमा अनुराेध गर्नुभएको हाे ।

अध्यक्ष क्षेत्रीले डेङ्गु को संक्रमण बाट बच्न डेङ्गु सार्ने लामखुट्टे को टोकाइबाट बच्नु र लामखुट्टे को लार्भा लाइ ” खोज र नस्ट गर ” को निति अवलम्बन गर्नु नै सर्बोत्तम उपाए भएको बताउनुभएकाे छ । उहाँले घर वरपर रहेका आकासको पानी जम्ने पुराना टायर ,बोतल , प्लास्टिक का भाँडाहरुको साथै पानी जम्मा हुने ठाँउहरु हटाइ डेंगु सार्ने लामखुट्टे को लार्भा नस्ट गर्ने अभियानमा लाग्न सबैलाई अनुरोध गर्नुभएकाे छ।