
दाङको शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध सुमधुर भए मात्रै बिकासले गति लिने बताउनु भएको छ । हापुरे खबर संगको कुराकानीमा खड्काले राजनितीले नीति निर्माण गर्ने र प्रशासनले त्यसलाई कार्यान्वयन गराउने हुँदा जनप्रतिनिधि र कर्मचारी बिच सहयोगी भुमिका हुन आवश्यक रहने बताउनु भयो ।
भर्खरै मात्र शान्तिनगर गाउँपालिकामा सरुवा भएर आउनु भएका खड्का संग यसअघि पनि अन्य स्थानिय तहमा काम गरेको अनुभव छ ।पालिका भित्र यतिबेला २०७९÷८० को बजेट कार्यन्वयनको चरणमा रहेको बताउदै खड्काले अघिल्ला बर्षका योजनाहरु अनुगमन गर्ने र भुक्तानी बाँकीको काम समेत भईरहेको बताउनुभयो ।


स्थानिय तहमा काम गर्ने तरिका उस्तै उस्तै हुने बताउने खड्काले अन्य स्थानिय तह जस्तै शान्तिनगरमा पनि नयाँ जनप्रतिनिधि नयाँ जोस् र जागरमा केही गर्ने सोचका साथ निर्वाचित आएकाले जन्रतिनिधीले बनाएको निति तथा योजनाको कार्यान्वयनमा आफु लगाएत सम्पुर्ण कर्मचारी संयन्त्र प्रतिबद्ध रहेको बताउनु भयो ।