हापुरे १३ असोज ।

लुम्बिनी प्रदेश पुर्बाधार प्राधिकरण कार्यालयमा दाङको बबई गाउँपालिकाका ३ वटा गौरवका योजनाहरुलाई कार्यान्वयन गर्न छनोट गरिएको छ । बबई गाउँकार्यपालिकाको १२ औं बैठकले लुम्बिनी प्रदेश पुर्बाधार प्राधिकरण कार्यालयमा दाङको बबई गाउँपालिकाका ३ वटा गौरवका योजनाहरुलाई कार्यान्वयन गर्न छनोट गरेको हो । जस अन्तर्गत ढोलपुर – मलई कृषि सडक बबई ७, धागेछहरा पर्यटन बिकास योजना बबई ४, घट्टेखोला जलासय निर्माण बबई ३ योजनाहरुलाई कार्यान्वयन गर्न छनोट भएका छन् ।

 

बबई गाउँपालिका अध्यक्ष कुल वहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय पनि गरेको छ । बैठकले योजना अनुगमन समितिलाई पुर्णता दिदै बबई ७ का वडा अध्यक्ष तिलक भण्डारीलाई मनोनित गरेको छ । यसैगरी ५ नमबर वडा अध्यक्ष हर्क वहादुर सिरिसको संयोजकत्वमा यान्त्रिक समिति गठन, गरिब परिवारलाई परिचयपत्र बितरण गर्ने, ट्वाङखोलामा पुलको डिपिआरकालागि अनुरोध गर्ने निर्णय गरेको बबई गाउँपालिका प्रवक्ता तिलक भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर