असोज १२ सल्यान ।

सल्यानको कपुरकोट गाउँपालिका –३ वनस्पती नजिकै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांस कपुरकोट गाउँपालिका ६ नम्बर वडाका रहेका छन् । घटना स्थलमा ८ जनाको शव फेला परेको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो ।

‘हामी अहिले घटना स्थलमा छौ । यहाँ वरपर हेर्दा ८ जनाको शव फेला पारेका छौं । गाडी कच्याककुचुक भएको छ । अधेरो भएकाले अहिले नै मृतको नाम भन्न सक्ने अवस्था छैन । एकजना घाइतेको उद्धार गरि उपचारका लागि पठाइएको छ । घटना स्थलमा प्रहरी सहित कपुरकोट गापा अध्यक्ष दुर्गा बहादुर पुन, गापाका स्वास्थ्यकर्मी, स्थानियहरु उद्धारमा खटिएका छन ।

बाँकेको ढकेरीमा बिहेको कार्यक्रम सकेर सल्यानको कपुरकोट गाउँपालिका–६ जलबाङ जाँदै गरेको रा १ ज ५६३ नम्बरको डबल क्याप जीप दुर्घटना भएको अध्यक्ष पुनले जानकारी दिनुभयो । घटना राति साढे एक बजे भएको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनाको बाँकी विवरण आउन वाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर