
सुरविर लोक सेवा तयारी गरिरहेको एक यूवक हो । उ लोकसेवा तयारी गर्ने भनेर तुलसीपुरमा बस्दै आएको छ । यतिकै समयमा हिन्दु नेपालीहरुको महान पर्व दशै घर अाँँगनमै भित्रीसकेको हुन्छ । उ भोली घर जाने योजना बनाएको छ । दशैको सातौ दिन सप्तमीको दिन सुरविर साझँको खाना खान्छ । अनि विस्तारामा पल्टिन्छ । खाट्मा एउटा सिरानी, सिरानीदेखी उता अलिकती खाली ठाउँ, त्यही खाली ठाउँमा एउटा मोटो किताव, कितावको गाँतामा लेखेको हुन्छ । “नायब सुव्वा परिक्षा दिग्दर्शन”
सुरज किताव समात्छ अनि पढ्न खोज्छ । पढन मन लाग्दैन फेरि कितावलाई त्यही ठाउँमा राख्छ । उ सँग एउटा मोवाईल फोन छ । उ सँग भएको मोवाईल फोनमा एयरफोन जोड्छ । अनि रेडियो खोल्छ । रेडियो खोल्नासाथ रेडियोले भन्छ अहिलेलाई नेपाल दपर्णको समय सिधिसकेको छ । हामी पनि विदा भयौ नमस्कार ।


त्यस लगतै दशैको मंगल धुन वज्छ, अनि दशैको शुभकामना विज्ञापन बज्छ । विज्ञापन वजे सँगै उसका मनपनि अनेक विचारहरु आउँछन ।
ओहो भोली त अष्टमी हो के र । गाउँमा त भोली ठूलो मेला लाग्दछ । बुवा आमासँगै म पनि मेला हेर्न जानुपर्ला । हाम्रै गाउँकी साईली वोईले वदाम र गञ्जी ल्याउनुहुन्छ । वदाम गञ्जी खाँदै कार्यक्रम हेर्नुपर्छ । पोहोर सालको दशैमा, “दशै आयो” भन्ने गितमा सुनिताले क्या राम्रो नाचेकी थिईन भन्या । गुन्यू चोली कम्मरमा सेतो पटुकी बाँधेकी, अनि कपालमा चाँही सुन जस्तै देखीने गोला आकारका ती चिजहरु, अझ उनको त्यो नृत्य, उनको नृत्यलाई मान्नैपर्छ ।
यसपटक त उनलाई मेरो मनको कुरा पनि भन्नुपर्छ । भनेर फेरि रिसाईन भने । उनको दाजु त झन लडाकु छ क्यारे, दाजुलाई यो कुरा भनीन भनेत फेरि ?
ह्या मन पराएको कुरा त जसरी पनि भन्नुपर्छ । मानेपछि प्रेममा परिएला । नमाने पनि के हुने हो र ? जो डरगया उही मरगया ।
अहिलेसम्म त साथीहरु पनि दशै मनाउन सबै घरमा आईसके होलान । यसपटक साथीहरु सँग पुरन्धारा छहरा, धागे छहरा पनि घुम्न जाने भनेको हो ।
यतिकै समयमा एउटा बुलेट वाईक आउँछ । घर नै थर्किनेगरि आएको त्यसको आवाज, संयोग एम्वुलेन्सको साईरन अनि बसको हर्न, है त कानै नै किरा खायो भन्या, उता हाम्रो गाउँतिर कति आनन्द सुन्दर बाताबरण, जता हे¥यो उतै हरियाली, अनि यताबाट ओई भनेर बोलाउँदा प्रतिजवाफमा त्यहि आवाज सुनिने त्यो वनपाखा अनि त्यसमाथी अग्लो तितेँको लेक ।
जुरुक्क उठ्छ टेवुलमा राखेको बोतलको पानी पिउँछ । घडि हेर्छ रातीको एक बजीसकेको हुन्छ । दशै मनाउन घरमा काका काकी अनि फुपु पनि आईसक्नुभयो होला । सबैजना भेला भएर एक आपसमा सदभाव, माया प्रेम वाडिने अनि खुशीयालीका साथ मनाईने पर्व दशै । कति रमाईलो हुन्छ है । पहेलो जमारा अनि रातो टिका लगाएर कति बेला फोटा खिच्ने होला भन्ने भैसक्यो भन्या ।
रातभरि मनमा कुरा खेल्छन, निद्रा नै लाग्दैन उसलाई यता फर्किन्छ उता फर्किन्छ, अनि बाहिरतिर हेर्छ, उज्यालो भैसकेको देख्छ, अनि घडि हेर्छ विहान ६ वजिसकेको हुन्छ । दशै तिहार आईसक्यो, झल्को लाईसक्यो भन्दै एकदम जोशीलो पाराले “ YES” भन्दै एक हातले खाट्मा ढ्याप्प हान्छ झोला बोक्छ, अनि वस स्टेसन तर्फ लाग्छ ।।