
हापुरे, ८ असोज ।
दाङको बबई गाउँ कार्यपालिकाको ११ औं बैठक सम्पन्न भएको छ । बबई गाउँपालिका अध्यक्ष कुल वहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले गाउँपालिका अध्यक्ष खत्रीको संयोजकत्वमा भुउपयोग समिति गठन गरेको छ । गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्काको संयोजकत्वमा अपाङगता परिचय पत्र वितरण सहजिकरण समिति गठन गर्ने निर्णय गरेको बबई गाउँपालिका प्रवक्ता तिलकराम भण्डारीले जानकारी दिनुभयो ।


यसैगरी गाउँ कार्यपालिका बैठकले वातावरण परिक्षण प्रतिवेदन छिटो भन्दा छिटो तयार पार्न विज्ञसंग सम्वन्य गर्ने, २० लाख सम्मका योजना उपभोक्ता मार्फत संचालन गर्ने र २० लाख भन्दा बढिका योजना टेन्डर प्रक्रियामा लैजाने लगाएत १४ वटा प्रस्तावमाथि छलफल गरी निर्णय गरिएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।