
७, असोज ।
शान्तिनगर गाउपालिका वडा नं. २ पेदाको बालकल्याण आधारभुत विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ। भेलामा प्रानाध्यापक ओपेन्द्र केसीले विद्यालयको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो। विद्यालयमा यसै शैक्षिक सत्र देखी कम्प्यूटर कक्षा सञ्चालन गरिएको बताईएको छ ।

तेस्तै भेलाका प्रमुख अथिति शान्तिनगर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष सुनिल वलीले गरिव तथा विपन्न विद्यार्थीका लागी आबश्यक पोशाकको ब्यबस्था गर्ने बताउनु भएको छ । विद्यालयमा महिनाको एउटा शुक्रबार लागू औषध दुब्यसनी सम्बन्धि सचेतना कार्यक्रम गर्ने भन्दै बिध्यालयलाइ सुझब दिनुभयो। उहाँले उमेर संगै विद्यार्थीहरु ब्यबहार परिवर्तन भएर कुलतमा लाग्न सक्ने भन्दै त्यस सम्वन्धि सचेतना फैलाउन आबश्यक भएको बताउनु भयो ।
भेलामा अविभावकहरुले विद्यालयलाई शैक्षिकरुपमा अब्बल बनाउन सबै लाग्नु पर्ने धारणा राखेका थिए । विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष भनराज कसीको अध्यक्षता तथा वडा अध्यक्ष सुनिल वलीको प्रमुख आतिथ्यता एवम वडा सदस्य सोभाराम रानाको बिशिष्ट आतिथ्यतामा सम्पन्न भेलाको सहजिकरण शिक्षक चन्द्रबहादुर केसीले गर्नु भएको थियो ।