
६ असोज ।
आज देशका विभिन्न स्थानमा भएका बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित जुरिखेतमा मिनी बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो भने रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङसी बगरमा बस दुर्घटना हुदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भिमफेदी दुर्घटनामा १० जना र रुकुमपूर्वमा १२ जना घाइते भएका छन् ।
काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा.३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटनामा परेको हो । जुरिखेत बस दुर्घटनास्थलमा अहिले उद्धारकोकाम भइरहेको प्रहरीले जनाएको छ । घुम्तीमा बस मोड्ने क्रममा ब्रेक नलागेपछि बस तल खसेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।


काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस भूमे २ को खावाङ बगर नजिकै वडा नम्बर ३ को क्याङसी बगरमा भएको बस दुर्घटनामा अन्य १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जनाकारी दिनुभयो । मृतकको सनाखत हुन बाँकी रहेको प्रमुख प्रहरी नायव उपरीक्षक डाँगीले बताउनुभयो । बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।