हापुरे, असाेज ५/ दाङको बबई गाउँपालिका ५ का संकटासन्न १७ घर परिवारलाई आर्थिक अनुदान प्रदान गरिएको छ। नेपाल रेड्क्रस साेसाइटी अन्तरगतकाे समुदाय उत्थानशिलतामा अभिबृद्दी कार्यक्रम ईनकाेर परियाेजना अन्तरगत झरना सामुदायिक बिपद ब्यबस्थापन समिति मार्फत वडा नम्बर ५ का हुरुम, जलुके र जाैंबारीका १७ घरपरिवारलाई २५ हजारका दरले रकम प्रदान गरिएको हाे ।

बबईका संकटासन्न परिवारका जिविकाेपार्जन याेजना अन्तरगत बबई का वडा नम्बर एक,पाँच र सात नम्बर वडाका संकटासन्न ५० घरपरिवार का लागि १५ लाख रुपैयाँकाे रकम बिनियाेजन गरी काम सुरु गरीएकाेमा पहिलाे चरणमा वडा नम्बर ५ मा ओैपपचारिक कार्यक्रमकाे आयाेजना गरी रकम प्रदान गरिएको ईनकाेर परियाेजना दाङका कार्यक्रम संयाेजक जगत तामाङले जानकारी दिनुभयो ।

वडाका वडा सदस्यकाे संयाेजकत्वमा निर्माण गरिएको झरना सामुदायिक बिपद ब्यबस्थापन समितिकाे सकृयतामा वडा भित्रका अपाङ्गता भएका ब्यक्ति, दलित, एकल महिला र अति बिपन्न परिवार मध्यबाट १७ घरपरिवार छनाेटमा परेकाे झरना सामुदायिक बिपद ब्यबस्थापन समिति सचिव तारा भण्डारीले जानकारी दिनुभयो ।

झरना सामुदायिक बिपद ब्यबस्थापन समिति सचिव तारा भण्डारीकाे अध्यक्षता,बबई गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्काकाे प्रमुख आतिथ्यता तथा रेडक्रस दाङका सभापति नारायण आचार्यकाे बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष हर्क बहादुर श्रीस मगर, रेड्क्रस दाङका उपकाेषाध्यक्ष ज्ञानप्रसाद आइतबारे,रेड्क्रस पञ्चकुले उपशाखा अध्यक्ष जुद्दबिर खाम्चा, सचिव प्रदिप के. सी, रेडियो हापुरेका कार्यालय प्रमुख रामप्रसाद सुवेदी लगायतको उपस्थिति थियाे ।

कार्यक्रममा बाेल्दै बबई गाउँपालिका उपाध्यक्ष तथा प्रमुख अतिथि बम कुमारी खड्काले भगवान भन्दा भगवान देखाईदिने ब्यक्ति महान हुने भन्दै नेपाल रेड्क्रस साेसाईटीकाे इनकाेर परियाेजना भगवान देखाईदिने माध्यम बनेर आएकाे बताउनुभयो खड्काले अनुदानकाे रुपमा प्राप्त रकम् सहि तरिकाले प्रयाेग गर्न सबैलाई अनुराेध गर्नुभयो ।

कार्यक्रमका बिशिस्ट अतिथि रेडक्रस दाङका सभापति नारायण आचार्यले अनुदानकाे रकम् सानाे भए पनि दिगाे याेजना सहित काम गर्न सके प्रभावकारी हुने बताउनुभयो।
रेडक्रस दाङका उपकाेषाध्यक्ष ज्ञानप्रसाद आइतबारेले
रेडक्रसकाे उदेश्य सम्पूर्ण ब्यक्ति सहज रुपमा बाच्न पाउने भएको हुदा रेड्क्रसले बबईका बिकट क्षेत्र र समुदायलाई छनाैट गरी यहाँकका संकटासन्न परिवारलाई सहज रुपमा जीवन यापन गर्ने बाटाे देखाईदिएकाे बताउनुभयो ।

छनाेटमा परेका १७ परिवार मध्य ११ जनाले बाख्रा पालन ५ जनाले भैंसी पालन र १ जनाले आरन ब्यबसाय सुरु गर्ने बताएका छन् कार्यक्रमकाे सहजिकरण थानेश्वर पाेख्रेलले गर्नुभएको थियाे । वडा नम्बर १ का १६ घरपरिवार र ७ का १७ परिवारलाई पनि छिट्टै अनुदान रकम् प्रदान गरिने बताईएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर