
नेकपा माओवादी केन्द्र दाङ क्षेत्र नम्बर ३ ख काे बैठक शान्तिनगरकाे रगैचामा सम्पन्न भएको छ। बैठकले प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका तर्फबाट केन्द्रीय सदस्य धन बहादुर मास्के (राजेश) लाई सर्वसहमतरुपमा उमेदवार सिफारिस गर्ने निर्णय गरेकाे छ।
नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर ३ ख का अध्यक्ष खर्क सुनारकाे अध्यक्षता,माओवादी केन्द्रका केन्द्रीय सदस्य धन बहादुर मास्के राजेशकाे प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य भिम बहादुर वली ड्राइभरकाे बिशिस्ट आतिथ्यतामा सम्पन्न बैठककाे सञ्चालन नेब वहादुर राेकाले गर्नुभएको थियाे । आगामी मंसिर ४ हुने प्रदेश सभा सदस्यको निर्वाचनको लागि मास्केलाई उम्मेद्वारका रुपमा सिफारिस गरिएको नेकपा माओबादी केन्द्रका नेता जंगबहादुर पुनले जानकारी दिनु भएको छ ।
