असोज १ शान्तिनगर । जनकल्याण मद्यामिक बिद्यालय सिमसुन्दरपुरमा वृहत अविभावक भेला सम्पन्न भएको छ । भेलामा विद्यालयका पुर्व ब्यबस्थापन समितिका अध्यक्षहरु तथा प्रध्यानाद्यापकहरुलाई सम्मान गरिएको थियो ।

तेसैगरि भेलामा बिद्यालयको वार्षिक प्रतिवेदन बिध्यालयको प्रतिबेदन प्राधानाध्यापक निम बहादुर केसीले प्रस्तुत गर्नु भएको थियो । प्रधानाध्यापक केसीले प्रस्तुत गरेको प्रतिबेदनमा बिद्यालयको एतिहासिक पुष्टभुमी र बिद्यालयको बिकास क्रम एवम प्रगतिको विषयलाई समेटिएको थियो ।

भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथी शान्तिनगर गाउपालिकाका अध्यक्ष प्रमोद बस्नेतले बिद्यालयमा देखियको स्वास्थ समस्यालाई मध्यनजर गर्दै बिद्यालयको समस्या समाधानका लागि स्टाफ नर्स पठाउने जिकिर गर्नु भयो ।

अध्यक्ष बस्नेतले बिद्यालयको आर्थिक तथा भौतिक उन्नतिको लागि स्थानिय सरकारले विशेष ध्यान राख्ने बताउनु भयो । भेलामा विभिन्न राजनीतिक दलहरुका ब्यक्तीहरुको सहभागिता रहेको थियो । भेला बिब्यस अध्यक्ष तुलाराम खड्काको अध्यक्ष तथा शान्तिनगर गाउपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता एवम बिद्यालयका प्रअ निम बहादुर केसीको बिशिस्ट आथित्यमा सम्पन्न भयको थियो ।कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु राखेका थिए । कार्यक्रमको सहजिकरण बिद्यालयका शिक्षक कृष्ण शर्माले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर