
म २०६२ सालमा जन्मेको अहिले २०७९ साल भयो । उमेरले म अहिले १७ वर्ष पुरा भए । मैले २०७७ सालमा एसईई पास गरेको । एसईईमा (ए) ग्रेड ल्याएर पास भएको हो म । पढाईमा राम्रै थिए । अहिले पनि एक पटक पढे भने कन्ठै हुन्छ ।
२०६७ सालमा बिद्यालय भर्ना भएको म ! मेरा १० वर्ष बिद्यालय मै बिते । कक्षा ५ मा पढ्दा सम्म त सानै थिए । ६ मा गए अलिक ठुलो भए ! एवम रितले उमेर बढेदै गयो । मनमा अनेक रहरहरु पलाउदै गए । ८ कक्षामा पढ्दा नै हो मेरा अनेक रहर मध्यको एउटा, मोवाईलको रहर । तर मान्छेका सबै रहर कहाँ पुरा हुन्छन् र ? मेरो त्यो रहर तेती नै बेला पुरा हुने अबस्था थिएन् । किनकी उमेरले पनि म १३ वर्षको मात्रै थिए ।


मान्छे म जिद्धी हो । मेरो जिद्धीपनले होला अन्ततः आमाबुवाले मलाई एसईईमा राम्रो नम्बरले पास भएपछी स्मार्ट फोन किनिदिने वाचा गर्नु भयो । सोही वाचा अनुसार मेरो ८ कक्षामा पढ्दा पलाएको रहर २०७७ सालमा पुरा भयो । फाईनल्ली मैले एसर्ईईमा (ए) ग्रेड ल्याएर पास गरे । वुवाआमाले भने जस्तै राम्रो नम्बरमा पास भए अनि मेरो स्मार्ट मोवाईलको सपना पनि पुरा भयो ।
मैले मोवाईल पाउदा प्रविधी धेरै माथि पुगिसको थियो । विभिन्न मोवाईल एपहरु आई सकेका थिए । जस्तै फेसबुक, ईमो, टिकटक, भाईवर, ह्वाट्स्याप धेरै धेरै एपहरु जसले मनोरञ्जन तथा आत्मियता बढाउथ्यो । प्रविधी संग म पनि के कम मैले पनी भए भरका आईडि खोले ।
अहिले म कक्षा १२ मा पढ्छु । नेपालमा सबै भन्दा धेरै यूजरहरु भएको टिकटक म पनि अत्याधिक चलाउछु । टिकटक,म्यासेन्जर र ह्वाट्स्याप मैले प्राय प्रयोग गर्ने एप्सहरु हुन । टिकटकमा हेर्न थाले भने खाना खानै भुल्ने गर्छु । खास्सै भविष्यको प्लान त छैन तर आयोग पास गरेर सरकारी जागिरे वन्ने मेरो योजना छ । तर किन हो किन जव देखी मेरो मोवाईल संग सम्वन्ध जोडियो त्यसपछि पटक्कै मेहनत गर्न मन लाग्दैन । न राती समयमा निन्द्रा नै लाग्छ । न त किताव समाएर पढ्न मन नै । न त अरु बाह्य कुरामा नै ध्यान जान्छ ।
मेरो मोवाईल संगको सम्वन्ध यति प्रगाढ छ कि । हामी जहिले संगै हुन्छौं । मैले मोवाईल पाए पढ्न, खान, सुत्न सम्म भुलिदिन्छु । मोवाईल मलाई पाएर पनि केही भुलेको छैन । म हिजो जस्तो छैन तर मोवाईल हिजो जस्तै छ । म मोवाईलको एकतर्फि मायाँमा परेको छु । उसले मलाई मायाँ गर्दैन मलाई थाहा छ । तर पनि म उसलाई मायाँ गरिरहन्छु ।
खासमा मैले अघि भने नि म हिजो जस्तो छैन तर मोवाईल हिजो जस्तै छ । मैले हिजो मेहनत गर्थे एउटा टाईम टेवल थियो, समयमा खान्थे, समयमा सुत्थे तर अहिले म परिवर्तन भए यहि मोवाईलको मायाँले । अनि मैले फेरी भने नी मोवाईल हिजो जस्तै छ, किनकी मोवाईलमा भएका एप्स हरु तिनै हुन, जसरी पहिले चल्थे अहिले पनि त्यसरी नै चलिरहेका छन् । तिनिहरुले अहिले चल्दिन पनि भन्दैनन् । धेरै भयो पनि भन्दैनन् । थोरै भयो पनि भन्दैनन् । वस हिजो जसरी चल्थे त्यसरी नै चलिरहेका छन ।
कलेज पढ्ने म, मै संगै कलेज जाने मेरो मोवाईल, बाटोमा हिड्दा पनि आफु तिरै ध्यान तान्ने मेरो मोवाईल, मेरा दुई आखाँ आफुमा मात्र परोस भनेर सोच्ने मेरो मोवाईल, मरो ध्यान जती सबै आफुमा मात्र जाओस भन्ने मेरो मोवाईल, मेरा दुई हातका बुढि औलाले पनि मलाई मात्र स्पर्ष गरि राखोस भन्ने चाहाने मेरो मोवाईल ! आखिर कति स्वार्थी छस् नि त ! मेरो मोवाईल ! तेरो लागी मैले मेरा दैनिकी फेर्नु पर्ने, म परिवर्तन हुनु पर्ने, सबै सबै मैले नै गर्नु पर्ने अनि तैले चाँही मेरा लागी केही गर्न नपर्ने ! त चाँही आफ्नै सुरमा चलिरहने ?
आखिर मोवाईलको एकोहोरो मायाँमा म किन यसरी परेको होला ? जसले मेरो कुनै वास्ता नै नगरेर आफ्नै सुरमा अघि बढ्छ त्यसकै मायाँमा म किन फेरीएको होला ? किन मलाई अरु कुनै कुराको वास्ता नभएको होला ? मोवाईल भए संसारै यहि हो जस्तो किन लाग्छ होला ? मेरा दैनिकी किन फेरीएका होलान ? मोवाईल जस्तै निस्ठुरी वनेर आफ्नै सुरमा हिड्न किन नसकेको होला म ? मेरो मनमा आउने प्रश्नहरु हुन यि ।
मेरो मनमा यत्तिमात्र हैन अरु प्रश्नहरु पनि आउछन् ।
आखिर मेरा लागी परिवर्तन हुन नसक्ने मोवाईलका लागी परिवर्तन हुने ! म उस्तै कि मोवाईल उस्तै ? मेरो ध्यान आफु तिर तानेर अलपत्र पार्ने तर उसले भने मेरो भविष्यको वारे सोच्दै नसोच्ने ! तर पनि म तेस्मै लागिरहने म उस्तै कि मोवाईल उस्तै ? यस्तै यस्तै धेरै प्रश्नहरु छन् । मेरो मनमा ! जुन प्रश्नको उत्तर म भित्रै छन् ।
यो सब यस्तै हो । आईज ! ए मोवाईल आज म त संग एउटा सम्झौता गर्न चाहान्छु । तलाई अलिकती पनि मेरो भविष्यको चिन्ता छ भने, म संगको सम्वन्धलाई कम गर त म भन्दिन तर मलाई भोक लाको बेला, मलाई निन्द्रा लाको बेला, मलाई पढ्न मन लाको बेला, म कलेज जाँदा, म कक्षा कोठामा हुँदा, म सडकमा हिड्दा र मैले भविष्यको चिन्ता गरेर आफुलाई बदल्न खोज्दा आफै बन्द हुने गर न है । किनकी म पहिले जस्तै मेहनती, आत्म विश्वासी अनि निश्वार्थी बन्दै प्रगति गर्न चाहान्छु ।