पहिला पश्चिम दाङको विकट मानिएको क्षेत्र हंसपुर, अहिले संघियतामा देश गएपछि विकासले केही गति लिएपनि पहिला त विकट नै थियो, यस क्षेत्र । प्राय सर–सामान किन्नका लागि तुलसीपुर जानुपथ्र्यो । सिमीत मात्रामा यातायातका साधनहरु चल्ने गर्दथे ।

अनि त्यो वेला थियो, गाडी देखे पछि अच्चम मान्दै नजिक गएर हेर्न मन लाग्ने, अनि छक्क लाग्दथ्यो, ड्राइभरहरुले कसरी गाडी चलाउँछन होला ? वाल्यकाल सम्झिनछु अहिले अच्चम लागेर आउँछ ।

सानो—सानोमा साझँ पख साथीसँग घरदेखी तल जाने गर्दथ्यौं । अनि बस आएपछि बसको पछाडी झुन्डिएर स्टेसनसम्म आइन्थ्यो । कस्तो त्यो बेला, झुन्डिएर पनि यात्रा गर्न मन लाग्ने, अनि त्यसैमा आनन्द आउने, सायद, त्यसैमा प्यार थियो होला, कठीनमा पनि आनन्द लाग्नु त । जहाँ रमाईलो हुन्छ, त्यहाँ प्रेम हुन्छ, जहाँ प्रेम हुन्छ त्यहिँ रमाईलो हुन्छ ।
एउटा जिपको पछाडितीर लेखेको थियो,
हिउँदमा हिमाल राम्रा वसन्तमा पाँखा,
मन पर्ने सवै राम्रा, झन मन पर्ने अाँखा ।।

अल्झियो क्यारे, तिम्रो पछयौरी, सँगैमा पानको पातको चित्र त्यसैमा माया नमार ल…………..
गाडीहरु पार्किङ गर्ने बसपार्क, त्यही नजिकै एउटा पानि भर्ने धारा, बैशाखको महिना थियो, श्याम कपाल नुहाउदै थियो । जिप छुटने समय विहान ७ः३० वजे उसलाई छिट्टै गाडी सफा गर्नुथियो । अनि यात्रुहरुलाई जिपमा मिलाएर सिटमा बसाल्नु थियो । किनभने उ सहचालक हो ।
यतिकैमा त्यहि समयमा पानि लिन धारातिर शान्ति आउदछे, अनि धाराको नजिकै शान्ति उभिन्छे । श्याम कपाल नुहाउँदै थियो, कपालमा लगाएको स्याम्पुको फिज शान्तिको शरिरमा पर्दछ ।

“के हो के अाँखा देखिन्न, स्याम्पु पर्यो शान्तिले कराउँदै भनी”, अनि श्यामले टाउको माथितीर उठाउदै सिधा भएर हेर्यो अनि भन्छ, मैले अाँखा नै हेरेको थिएन, कसरी देख्नु बल्ल देखे तिमीलाई ।
कपालमा पानी थियो, पानी चाँहि शरिरतिर वग्न थाल्यो, श्यामलाई भने मुटुमा करेन्ट लागेजस्तै भयो । अनि मनमा प्रेमको घण्टी वज्न लाग्यो ।
शान्ति निकै राम्री थिई, काली काली हिस्सी परेकी, सुहाउदो शरीर, वैंस भरिएको अनि थियो कस्सिलो जिउडाल ।
“खै म पानी भर्छु उता हटनु” सँगै वसाले हुदैन र , के रे ? हैन हैन मेरो गुरुजी र म सँगै बस्दछम । मैले म सँगै वसे हुदैन र भनेको, श्यामले कुरा मिलाएर भन्छ ।

श्याम मान्छे, झिल्के थियो, कालो कपाललाई खैरो बनाएको, अनि कानमा मुन्द्रा लगाएको थियो । साहिरी भन्नमा त उ खपिस थियो ।
नाम मेरो गंगाराम,
खाने बेला ठन्डाराम,

एक दिन मासु र भात अर्को दिन टाउको हात, ए हंसपुर, वगाले टवाङखोला, बवरपुर हुदै मलैखोला, गए साच्चै होला नगए बलै होला, मुखमा राखेको पुकारको रस प्याच्च थुक्दै यात्रुहरुलाई रमाईलो पाराले बोलाउथ्यो उ ।

दिनप्रतिदिनको भेट्घाट अनि बोलचाल सँगै शान्तिले पनि श्यामलाई मन पराउन थाल्छे, उसमा पनि पिरतिको धुन वज्न थाल्छ, विष्णु माझिले गाएको गित ड्राइभर दाई मन प¥र्यो मलाई, लैजाउन पोखरा घुम्नलाई गितले भने जस्तै…….जीवनरुपी गाडीमा पनि उ सँगै सहयात्रा गर्न मन लाग्छ शान्तिलाई पनि ।

परिवारमा भाईवहिनी र आफू, शान्ति विचैमा पढाई छोडेर बसेकी हुन्छे । घरको कामकाज गर्दै दिनचर्या वितिरहेका हुन्छन शान्तिका ।
दुबैले एक अर्कालाई मन पराउन थाले । दिनभरिको विछोडलाई सहदै, साझँपख भेटने प्रतिक्षामा, गाडीको आवाजको धुन मन पर्न लाग्यो उसलाई पनि । गाडीको आवाज सुनेर उ चिन्ने गर्थि । श्यामको आएको नआएको भन्ने बारे ।
प्रेम गाढा बन्दै गयो, दुबै जना नजिक बन्दै गए, टाढाको त कुनै सिमा नै रहेन । मानौ उनीहरुको वीचको दुरी १ सेन्टिमिटर पनि भएन, शान्तिलाई लाग्ने गर्दथ्यो, शान्तिविनाको श्याम अधुरो छ अपुरो छ, अनि श्यामलाई पनि लाग्ने गर्दथ्यो श्यामविनाको शान्ति असाहय छे, अपाङग छे ।

उनीहरुको त्यो सम्वन्ध दिन प्रतिदिन गहिरीदै गएको थियो । यतिकैमा जीपको साहुले आफनो जीप विक्री गर्दछ । जीप अव सल्यानतिर चल्ने भयो किनभने जीप सल्यानको मानिसले किनेको थियो ।
यो कुराले शान्तिलाई भनन् घुमायो, आफैले टेकेको जमिन भाँसिए जस्तो भयो, श्यामलाई यतैतिर काम गर्न अनुरोध गर्दछे उ । अन्तत केही उपाय नलागेपछि बेला—बेलामा भेट हुने वाचा गर्दै छुट्टिए दुबैजना…………
समय वित्दै गयो, विहानको खाना खाँने शुरुवात गर्दै थियो श्याम , टेवुलमा साहुजीले खाना ल्याईदिन्छन, दाल, भात तरकारी, अँचार, मासु अनि सानो कचौरामा दहि पनि ।

भातमा थोरै दाल राखेर एक गाँस भात खान्छ, अनि कचौरामा रहेको मासुको एक टुक्रा टिप्न आट्दै हुन्छ, श्यामको मोवाईलमा गित बज्छ । तिमीलाई मागे सोमबारे व्रतमा, राजी छु म पिरति लाउनलाई धोका दिन नपाउने सर्तमा, यो गित थियो, अनि थियो श्यामको मोवाइलको कलर रिडटोन पनि,

श्याम आफनो मोवाईल हेर्छ, फोन शान्तिले गरेकी थिई । फोनमा शान्तिले आफू गर्भवती भएको कुरा बताउँछे । अनि आफुलाई छिटटै विहे गरेर लैजान भन्छे उ, श्यामले पनि छिट्टै विहे गर्ने कुरा बताउदै फोन राख्छ । बुझेन शान्तिको मायाँलाई उसले, बुझेन उसले शान्तिले गरेको विश्वासलाई, अनि त्यागलाई, बरु कसरी यो दोष बाट बच्ने भन्ने अनेक उपाय खोज्न थाल्छ । अन्तत एउटा उपाय निकाल्छ अनि निर्णय गर्छ । हिडछ दक्षीणतर्फ……………उ । (भारततर्फ)

श्याम सम्पर्कविहीन हुन्छ । यता गाउँमा मानिसहरुले कुरा काटन थाल्छन । शान्तिले कसैको पेट बोकेको भनेर , गाउँरि हल्ला फैलिन्छ । यसरी फैलिन्छ कि पुष—माघतिर हुस्सुले तिँतेको लेक घप्पक ढाँकेजस्तै, यस्तो परिबेशमा शान्तिको घरमा तनावको स्थिती सिर्जना हुन्छ ।
यही परिवेशमा एकजना श्रीमति वितेर एक्लो बसेका एकजना पुरुषसँग विहे गरिदिने निर्णय हुन्छ घरमा । आखिर के गरुन शान्तिले । अन्तत त्यो अंकल को उमेर सरहको पुरुष मानिससँग विहे गर्छिन शान्ति । अनि शान्ति र श्यामविचको मायाँको चिनो पनि हुर्किरहेको हुन्छ । केही समयपछि उनले त्यस मायाँको चिनोलाई,जन्म दिन्छिन । जन्मिएको सन्तान चाँहि छोरा थियो । जन्मिएको उक्त सन्तानलाई घरमा आफैँ नाम राख्दिछन, नाम चाँही घैटे

समय वित्दै जान्छ, घरमा त्यस पुरुषले शारीरिक तथा मानसिक यातना दिइरहेको हुन्छ शान्तिलाई । दुख सहदै बसेकि शान्ति केही उपाय नलागेपछि जन्मिएको सन्तानलाई त्यही घरमा छोडेर अन्यत्रै विहे गर्दछिन ।
। न पाउँछ उसले आमाको मायाँ अनि न पाउछ वावुको प्यार । अनि कसले दिन्छ उसलाई उचित शिक्षा दिक्ष्ााँ, अनि संस्कार, अनि को भैदिन्छ उ प्रती जिम्मेवार यहीनिर महत्वपूर्ण प्रश्न खडा भईरहेको छ ।

किन मलाई कसैले माया गर्दैनन ? कस्तो हुन्छ मेरा वावु आमाले माया गरेको ? लाग्छ उसलाई सँगै घरका छिमेकी वावु आमाले आफना छोराछोरीलाई गरेको मायाँ देख्दा म जस्तो अभागी भएर कोही जन्मिनु नपरोश । म जस्तो थकुल्लो भएर कोही जन्मिन नपरोश ।
तसर्थ यी यस्ता प्रकारका घट्ना नहोस भन्न आफू स्वयंम पनी जिम्मेवार र संयम बन्न आवश्यक छ । यसका साथै उमेर बढेसँगै किशोरावस्था तथा यौवनवास्था आईपर्ने अनेकन समस्यामाथी आवश्यक छलफल गरि उचित तवरले मार्गदर्शन गर्नु असल अभिभावकको भूमिका हो । आज जन्मिएका सन्तानहरु भोलीका देशका कर्णधार हुन ।।

 

प्रतिक्रिया

सम्बन्धित खवर