
हापुरे २३ भदौ ।
शान्तिनगर गाउँपालिकामा गत भदौ २० गते देखी सुरु भएको प्रथम मिन स्मृति कप फुटवल प्रतियोगिताको फाईन खेल भोलि शुक्रवार हुने भएको छ । स्वर्गिय मिनबहादुर बिस्टको सम्झनामा सञ्चालन भएको प्रतियोगिताको फाईनल खेल शुक्रवार दिउसो २ वजे हुने भएको हो ।
आयोजक सहित ९ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका सेमिफाईनलका खेल बिहिवार सकिएका छन् । सेमिफाईनलको पहिलो खेलमा ंखिलतपुर फुटवल क्लवलाई ४–० गोल अन्तरले हराउदै आयोजक फाईनल प्रवेश गरेको छ भने हस्तनापुर फुटवल क्लवलाई १–० गोल अन्तरले पछि पार्दै सुनपुर फुटवल क्लव बबई ६ फाईनल प्रबेश गरेको हो ।


दिउसो २ वजे वाट जनकल्याण मावि सिमसुन्दरपुरको खेल मैदानमा हुने फाईनल खेलमा आयोजक सिमसुन्दरपुर फुटवल क्लव शान्तिनगर २ र सुनपुर फुटवल क्लव बबई ६ विच प्रतिसपर्धा हुने छ । साथै अन्य साँस्कृतिक कार्यक्रम समेत हुने छ ।