
शन्तिनगर, २३ भदौ ।
जनकल्याण मावि शान्तिनगर २ सिमसुन्दरपुरमा बक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पनन भएको छ । बिद्यालयमा ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवशको अबसरमा प्रतियोगिताहरु सम्पन्न भएको हो । साक्षरता शिकाइ क्षेत्रमा रुपान्तरणू भन्ने नारा सहित बिद्यालयमा विभिन्न प्रतियोगिता गरि दिवस मनाइएको हो ।


बक्तृत्वकला नैतिक शिक्षाको महत्व भन्ने विषयमा सम्पन्न भएको हो । प्रतियोगितामा मावि तर्फ कक्षा १० की राधिका जैसी प्रथम, कक्षा १० कै दिपा घर्ति द्धितिय र कक्षा १० कै सपना दाहाल तृतिय हुनु भएको छ ।
त्यस्तै आवि तर्फको बक्तृत्वकला प्रतियोगितामा कक्षा ८ का सुवास विक प्रथम, कक्षा ७ का साधना खड्का द्धितिय र कक्षा ५ का प्रेमबहादुर वली तृतिय हुनुभएको थियो । त्यस्तै हस्तकला तर्फ विनु केसी प्रथम र पार्वती विक प्रथम, डम्बर दाहाल र वर्षा चौधरी द्धितिय र दिपक विक तृतिय भएको विमल केसीले जानकारी दिनु भएको छ ।
कार्यक्रममा गत बर्षका विभिन्न प्रतियोगितामा उत्कृष्ट पुरस्कृत गरिएको थियो। कार्यक्रम बिद्यालयका शिक्षक तथा आन्तरिक क्रियाकलाप संयोजक प्रेम बहादुर विकको अध्यक्षता तथा प्रधानाध्यापक निमबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पनन भएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक कृष्ण शर्माले गर्नु भएको थियो ।