
शान्तिनगर २३ ,भदौ ।
शान्तिनगर गाउँपालिका वडा नं. २ सिमसुन्दरपुरमा लोक गित तथा कृत्य प्रतियोगिता हुने भएको छ । स्वर्गिय मिनबहादुर विस्टको स्मृति दिवशको अबसरमा लोक गित तथा नृत्य प्रतियोगिता हुन लागेको हो । भदौ २४ गते शुक्रवार दिउसो २ वजे बाट सुरु हुने कार्यक्रममा लोक गीत तथा नृत्य प्रतियोगितामा सहभागिताका लागी नाम दर्ता निशुल्क गरिएको आयोजकले बताएको छ । आयोजकका अनुसार लोक गी तथा नृत्य प्रतियोगितामा प्रथम हुनेले नगद ५–५ हजार रुपैयाँ पुरस्कारको ब्यबस्था गरिएको बताईको छ ।


त्यस्तै घैटाफोड प्रतियोगिता पनि सञ्चालन हुने भएको छ । तर घैटाफोड प्रतियोगितामा सहभागीताका लागी भने एक सय रुपैयाँ नाम दर्ता शुल्क लाग्ने र प्रथम पुरस्कार २ हजार रुपैयाँ रहेको आयोजकले बताएको छ । यसैविच गत २० गते बाट सुरु भएको प्रथम मिन स्मृति कप फुटवल प्रतियोगिताको फाईनल खेप पनि शुक्रवार २ वजे नै हुने भएको छ । प्रतियोगितामा आयोजक टिम सहित ९ वटा टिमको सहभागिता रहेको थियो । खिलतपुर फुटवल क्लवलाई हराउदै आयोजक टिम फाईनलमा प्रबेश गरिसकेको छ भने अर्को सेमिफाईनल खेल विहिवार हस्तनापुर र सुनपुर विच भईरहेको छ ।