
हापुरे, २२ भदौ ।
बबई गाउँपालिका ५ का ओविराम सुवेदीले आफ्ना स्वर्गिय बुवा देविराम सुवेदीको सम्झनामा आवि जौंवारी ३० जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई कपी तथा कलम वितरण वितरण गर्नु भएको छ । उहाँले आवि जौंवारीमा अध्ययन गरिरहेका ३० जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई आधा दर्जन कपी र एक एक पाकेटका दरले कलम वितरण गर्नु भएको हो ।

सुवेदीले विद्यालय मै पुगेर उनीहरुलाई कपी, कलम तथा खाजा समेत वितरण गर्नु भएको रामबहादुर वलीले जानकारी दिनुभएको छ । पढ्न चाहाने वालवालिकालाई सहयोग पुगोस भनेर सहयोग गरिएको बताईएको छ ।