हापुरे १७ भदाै ।

पश्चिम दाङको बबई गाउँपालिका वडा नं. ६ का गिता विकले आफ्नो छोराको उपचारमा सहयोग गरेर जिवन बचाईदिन अनुरोध गर्नु भएको छ । उहाँको १४ वर्षको छोरा प्रकास विकको मुटु तथा कलेजोमा समस्या आएको र आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन नसकेकाले छोराको उपचारका लागी आर्थिक सहयोग गरिदिन अनुरोध गर्नु भएको छ ।

कोहलपुर मेडिकल कलेजमा उपचार गर्दा मुटु र कलेजोमा समस्या देखाएको र त्यहाँ उपचार सम्भव नभएपछि लखनौ वा काठमाडौं लगेर अप्रेसन गर्नु पर्ने र अप्रेसनका लागी ८\९ लाख लाग्ने भएपछि आफु संग उक्त रकम नभएकाले उपचारका लागी सहयोग गरिदिन उहाँले अनुरोध गर्नु भएको छ ।

उहाँका अनुसार कोहलपुरमा करिव एक लाख रुपैयाँ खर्च गरेको भएपनि निको नभएपछि पैसाको अभावले उपचारमा लैजान नसकी प्रकासलाई घर मै राखिएको छ । मावि कौसिलापुर बबई ६ का कक्षा ९ मा अध्ययन गर्ने प्रकासको केही वर्ष पहिले देखी मुटुमा समस्या देखिएको भएपनि आर्थिक अबस्था कमजोर भएका कारण उपचार हुन सकेको थिएन । अहिले पनि उपचार गर्न रकम अभाव भएपछि घर मै राख्नु परेको उहाँले बताउनु भयो ।

उपचारका लागी आर्थिक सहयोग गर्न चाहानेले उहाँको सम्पर्क नम्बर ९८२२९२७७९८ मा सम्पर्क गर्न अनुरोध गर्न भएको छ । वा हापुरे खबरको सम्पर्क नम्बर ९८१०९८६२६३ मा सम्पर्क गर्न सक्नु हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर