हापुरे, १६ भदाै ।

पानी परेपछि पश्चिम दाङका किसानहरु खुशी भएका छन् । आकाशे पानीको भरमा खेती गर्ने किष्सानहरु कुलाको पानीले जेनतेन खेथी गरेका किसानहरु भदौरे पानी परेपछि उनीहरुको मनमा खुशी पलाएको हो । बबई गाउँपालिका ४ का कृषक हेमलाल वलीले साउनको अन्तिम सातातिर कुलोमा आएको पानीले धान त जसोतसो रोपे तर धान रोपिसकेर एक दिन खेतमा चारेको कुलाको पानी सुक्यो त्यसपछि धान सुक्ने अवस्थामा पुग्यो । खेतमा धाँजा फाट्यो । उहाँ खेतको अवस्था देखेर निकै चिन्तित हुनुभएको थियो ।

यस्तै सोही ठाउँका अर्का एक कृषकले पनि धान रोप्नलाई आकाशे पानीलाई धेरै पर्खिनु पर्ने बाध्यता थियो । पानी नपरेपछि व्याड छिप्पिन लागिसक्यो, उहाँलाई धान कहिले रोप्ने भन्ने चिन्ताले पिरोल्न थाल्यो । उहाँले भन्नुभयो, अव त यसरी आकाशको पानी पर्खेर साध्य छैन, मोटर लगाएर भए पनि धान रोप्नु पर्छ, अहिले रोप्ने बेलामा पानी नपरेपनि पछि साउने भदौरे झरी त लाग्ला नि भन्ने आशले कुलाको पानीले धान रोपियो । एक त समयमा रासायनिक मल पाइएन, धानको विउ उस्तै महंगो अनि बजारमा पाइने महंगो मूल्यको मल ल्याउनु प¥यो । यसको पीडा त थियो नै आकाशे पानीको भरमा खेती गर्ने म मात्रै होइन म जस्ता धेरै किसानहरुलाई चिन्ता थियो । अव त पानी पर्न सुरु गरेको छ, विगतका बर्ष जस्तै उत्पादन त हुँदैन होला तर पनि बर्ष दिनभरी खान पुग्ने धान फलेपनि खुशी नै हुनेथियौँ उहाँले भन्नु भयो । अव त धान सप्रिन्छ कि भन्ने आशा पनि पलाएको उहाँले बताउनु भयो ।

आकाशे पानीको भरमा खेती गर्ने यी त उदाहरणीय किसान मात्रै हुन् । पश्चिम दाङका बबई, दंगीशरण, शान्तिनगर गाउँपालिकाका किसानहरुले पानीको अभावमा राम्रोसँग धान रोप्न पाएनन् । एस्तै तुलसीपुर, घोराही, लमही, बंगलाचुली, राप्ती, राजपुर, गढवाका आकाशे पानीको भरमा खेती गर्ने किसानहरु समस्यामा परे । उनीहरुले जसोतसो गरेर धान रोपे ।

यस वर्ष जल र मलको अभावमा रोपिएको धान उत्पादन घट्ने अनुमान कृषि ज्ञान केन्द्र दाङले गरेको छ । कृषि ज्ञान केन्द्र दाङका अर्थविज्ञ पृथ्वीराज लामिछानेले यस वर्ष जिल्लामा १५ प्रतिशत धान उत्पादन घट्ने प्रक्षेपण गरिएको जानकारी दिए । यस वर्ष जिल्लामा ८७ प्रतिशत खेतमा मात्र धान रोपाइँ भएको छ भने १३ प्रतिशत जग्गामा पानीको अभावमा किसानहरुले धान रोप्न नपाएको लामिछानेले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर