
विमल केसी भाद्र १६ शान्तिनगर ।
शान्तिनगर गाउँपालिका वडा २ सिमसुन्दरपुरमा मीन स्मृतिकप गाउँपालिका स्तरिय फुटवल प्रतियोगिता हुने भएको छ । वाघमारे फुटवल क्लवको आयोजनामा खेलको विकास र उन्नतिका लागि खेल सञ्चालन गर्ने वताईएको छ । यहि भाद्र २० गते देखि सञ्चालन हुने खेल ३ वटा पालिका दङ्गिशरण गाउँपालिका , बंबई गाउँपालिका र शान्तिनगर गाउँपालिका स्तरिय विच सञ्चालन हुने वताईएको छ ।


खेलमा प्रथम हुनेलाई ५० हजार रुपैया नगद प्रमाण पत्र र मेडल, दिर्तिय हुने लाई २० हजार रुपैयाँ नगद, प्रमाण पत्रको ब्यवस्था गरएको छ । खेलमा भाग लिनको लागि ३ वटै गाउँपालिकाको टिम लाई सहभागी हुन आयोजक टिमले आग्राह समेत गरेको छ ।