
हापुरे साउन ३० गते। दाङको बबई गाउँपालिकामा नेकपा एमाले दाङले आयाेजना गरेकाे जिल्ला स्तरिय दुई दिने प्रशिक्षण कार्यक्रममा राष्ट्रिय स्वास्थकर्मी महासंघ दाङद्वारा स्वास्थ हेल्प डेस्क सञ्चालन गरेकाे छ।
आज र भाेली हुने जिल्ला जिल्ला प्रशिक्षण कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताकाे स्वास्थ अवस्थालाई ध्यानमा राखी स्वास्थ हेल्प डेस्क सञ्चालन गरेकाे स्वास्थकर्मी महासंघ दाङका अध्यक्ष सरदराज गीरिले जानकारी दिनुभयो ।


स्वास्थ हेल्प डेस्कमा एमबिबिएस डाक्टर सन्दिप शर्मा नेतृत्वकाे स्वास्थ्यकर्मीहरुकाे टाेलिले स्वास्थ चेकजाँच गरिरहेकाे छ भने सामान्य टाउकाे दुख्ने रुघाखोकी प्रेसर लगायतका ओैसधीहरु समेत निशुल्क रुपमा बितरण गरिरहेकाे अध्यक्ष गीरिले जानकारी दिनुभयो।