हापुरे साउन २७ गते । लघुबित्तिय संस्थाहरुले मनमर्जी ढंगले ब्याज लगाएपछि तिर्न नसकेर बबई गाउँपालिकाकाे वडा नम्बर ४ मा ४ जना महिला दिदिबहिनीहरुलाई आत्महत्या गर्न बाध्य पारेकाे लघुबित्तिय संस्था बिरुद्धकाे संघर्ष समिति बबई गाउँपालिका अध्यक्ष राम बहादुर बिकले बताउनुभएकाे छ । लघुबित्तिय संस्था बिरुद्धकाे संघर्ष समिति बबई गाउँपालिकाले हापुरेमा आयाेजना गरेकाे दाेस्राे भेलाई सभापतिकाे आशनबाट बाेल्दै बिकले भन्नुभयाे  अर्को दिन लघुबित्तकाे किस्ता तिर्नु छ आज दिदिबहिनी आत्महत्या गर्छन् यसकाे कारण के हुन सक्छ स्पष्ट छ।

लघुबित्तिय संस्था बिरुद्धकाे संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञावालीले हजारौंकाे संख्यामा नेपाली दिदिबहिनीहरु लघु बित्तिय संस्थाकै कारण मर्ने गरेकाे तथ्यांक आफुसंग भएको दावी गर्नुभएको छ। प्रमुख अतिथिको आशनबाट सम्बाेधन गर्दै ज्ञावालीले १०४ बर्षे राना शासन,३० बर्षिय पन्चायती ब्यबस्था र राजतन्त्र आन्दोलनकै कारण अन्त्य भएको स्मरण गराउदै लघुबित्तीय संस्थाहरुकाे पनि आयु लामाे नभएकाे बताउनुभयो।

कार्यक्रममा बिशिस्ट अतिथि लघुबित्तिय संस्था बिरुद्धकाे संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष फत्ते बहादुर पुनले नेपाल राष्ट्र बैंककाे कार्यबिधी र राष्ट्र बैंकको बित्तिय संस्थाकाे कार्यबिधिमा २ वटा संस्थाले मात्रै लगानी गर्ने उल्लेख गरिएपनि लघुबित्तिय संस्था सञ्चालकहरुले मनाेमानी गरेकाे आराेप लगाउनुभयाे। ।लघुबित्तिय संस्थाहरुले २% मा ऋण लिएर १०% लगानी गर्ने गरि नेपाल सरकारबाट हस्ताक्षर गरेर सञ्चालनकाे अनुमती लिए पनि गाउँघरमा लघुबित्तिय संस्थाहरुले ३६% सम्म ब्याज लिनेगरेकाे लघुबित्तिय संस्था बिरुद्धकाे संघर्ष समितिका केन्द्रीय सदस्य रमेश सुनारकाे आराेप रहेको छ।

लघु बित्तिय संस्थाहरुलाई तालिम,कृषि बिकास सम्बन्धी तालिम दिन आग्रह गर्दै गाउँ गाउँमा आउने फकाउने र अन्ततः समस्या पार्ने गरेकाे अनुभव सुनाउनुहहुन्छ लघुबित्तिय संस्था बिरुद्धकाे संघर्ष समिति गढवा का उपाध्यक्ष श्रृजना चाैधरीले गुनासाे गर्नुभयो ।

बिगत ६ महिना अगाडि गुल्मीबाट सुरु भएको लघुबित्तिय संस्था बिरुद्धकाे संघर्ष समितिले पछिल्लो समय देशका ७७ वटै जिल्ला र हरेक पालिकामा समेत शाखा बिस्तार गरेर साेझा जनताहरुलाई समस्यामा पार्ने लघुबित्तिय संस्थाकाे बिरुद्धमा संघर्ष गरिरहेकाे छ।

समस्यामा पर्दा जनताकाे सारथि बनेर सहयाेग गर्ने बित्तिय संस्थाहरुदाई सम्मान गर्दै नेपाल राष्ट्र बैंकको प्रक्रिया बिपरित जाने बित्तिय संस्थाहरुका बिषउमा सम्बन्धित निकाय गम्भीर हुन जरुरी छ।

प्रतिक्रिया

सम्बन्धित खवर