साउन २५ गते । चाइना फाउन्डेसन फर पोर्भेटी अलिभिलेसनको सहयोगमा दाङका दश वटा सामुदायिक बिद्यालयमा दिवा खाजा कार्यक्रम सुरु भएको छ । चाइना फाउन्डेसन फर पोर्भेटी अलिभिलेसनको सहयोगमा ब्याकवार्ड सोसाइटी एजुकेशन बेश संगकाे सहकार्यमा जिल्लाका शान्तिनगर, दंगीशरण र तुलसीपुरका दश बिद्यालयहरुमा दिवा खाजा कार्यक्रम सुरु भएको हो।

दश बिद्यालयका १ हजार १ सय ९० जना बिद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुने लक्ष्य सहित सञ्चालन भएको कार्यक्रमको आज शान्तिनगर गाउपालिकाकाे ७ मा रहेको माध्यामिक बिद्यालय शान्तिनगरमा गाउँ पालिकाका अध्यक्ष प्रमोद बस्नेत, उपाध्यक्ष प्रेमा डिसी,ब्याकवार्ड सोसाइटीकी कार्यक्रम निर्देशक पिंकी डाँगी र चाइना फाउन्डेसन फर पोर्भेटी अलिभिलेसनकी चउचिर छियाङ्गले संयुक्त रुपमा उद्घाटन गर्नुभएकाे हाे ।

नेपाल सरकारले उपलब्ध गराउने दिवा खाजा कार्यक्रम सहित एकमुष्ट रुपमा दैनिक प्रति बालबालिका ७२ रुपैया ३० पैसाको दरले ब्यबस्था गरिएको र साेहि रकमकाे खाजा बिधालयमा नै पकाएर कक्षा १ देखि कक्षा ६ सम्मका बालबालिकालाई उपलब्ध गराईने ब्याकवार्ड सोसाइटीकी कार्यक्रम निर्देशक पिंकी डाँगीले जानकारी दिनुभयो ।

यसै कार्यक्रम अन्तरगत दाङ र बाँकेका दश हजार बालबालिकालाई शैक्षिक सामग्री, दुई हजार पाँच सय बिद्यार्थीलाई न्यानो कपडा तथा ७८ जना युवालाई ईलेक्ट्रीक तथा प्लम्बिङ सीप प्रदान गर्ने कार्यक्रम समेत रहेको निर्देशक डाँगीले जानकारी दिनुभयो ।

यस कार्यक्रमका लागि पहिलाे चरणमा चाइना फाउन्डेसन फर पोर्भेटी अलिभिलेसनले ब्याकवार्ड सोसाइटी एजुकेशन बेश मार्फत् एक बर्षमा पाँच करोड बजेट खर्च गर्ने गरि सम्झौता भएको बताईएकाेे छ । यश कार्यक्रमलाई आगामी बर्ष थप ब्यवस्थित तरिकाले सञ्चालन गर्ने तयारी रहेको चाइना फाउन्डेसन फर पोर्भेटी अलिभिलेसनकी चउचिर छियाङ्गले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर