
हापुरे साउन १३ गते । नेकपा एमालेको जिल्लास्तरिय प्रशिक्षण कार्यक्रम बबई गाउँपालिकाकाे हापुरेमा हुने भएको छ । नेकपा एमाले बबई गाउँ कमिटीको सोमबार बसेको पूर्ण बैठकले जिल्लास्तरिय प्रशिक्षण कार्यक्रम साउन ३० र ३१ गते हापुरेमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको घोराहीमा सम्पन्न प्रशिक्षण कार्यक्रमले १२ जिल्लामा केन्द्रीय कमिटीका पदाधिकारीहरुको सहभागीतामा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरे बमोजिम साउन ३० र ३१ गते दाङमा प्रशिक्षण कार्यक्रम हुने भएको छ । मंसिर ४ गते हुने निर्बाचनलाई लक्षित गरेर नेकपा एमालेले प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।


नेकपा एमाले बबई गाउँ कमिटीले प्रशिक्षण कार्यक्रम सफल पार्नका लागि बिभिन्न उपसमिति गठन गरेको छ । गाउँ कमिटीका सचिब डम्बरबहादुर सिरिस मगरको संयोजकत्वमा आर्थिक तथा खाना ब्यबस्थापन उपसमिति, क्षेत्रीय सचिब टेकबहादुर वलीको संयोजकत्वमा आबास उपसमिति, उपाध्यक्ष शारदा शाहको संयोजकत्वमा अतिथी सत्कार उपसमिति गठन गरिएको छ । आबास सहितको प्रशिक्षण कार्यक्रम हुने गाउँ कमिटीका अध्यक्ष टंकराज बिश्वकर्माले जानकारी दिनुभयो ।
जिल्लाभरीका नेता कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा सहभागीता हुने गाउँ कमिटीले जनाएको छ । सहभागी हुने नेता, कार्यकर्तालाई बबईका स्थानीय घरहरुमा बास बस्ने ब्यबस्था मिलाइने अध्यक्ष बिश्वकर्माले जानकारी दिनुभएको छ ।
पूर्ण बैठकलाई नेकपा एमालेको लेखा आयोगका सदस्य साबित्री बिश्वकर्माले मंसिरमा हुने चुनाबलाई लक्षित भएर खटिन कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टीले एक्लै निर्बाचन जाने तयारी गरेको भन्दै बिश्वकर्माले सबैलाई पाटीको निर्देशन अनुसार काम गर्न आग्रह गर्नुभयो ।
बैठकमा जिल्ला सचिब मनोहर बुढाथोकीले बिगतलाई सुनौलो भबिष्य निर्माणमा लाग्न आग्रह गर्नुभयो । जिल्लामा हुने प्रशिक्षण कार्यक्रमलाई सफल बनाउनका लागि गाउँ कमिटीलाई आग्रह गर्नुभयो । बैठकमा प्रदेश कमिटीका सदस्य भुबनेश्वर पौडेल, जिल्ला सदस्यहरु प्रेमबहादुर खत्री, नन्दलाल वली, मानबहादुर आले, मंगल चौधरी, देबु बस्नेत, क्षेत्रीय सचिब टेकबहादुर वलीले बोल्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रम बबई गाउँपालिकाको सभाहलमा हुने जनाइएको छ । प्रशिक्षण कार्यक्रमका लागि केन्द्रीय उपाध्यक्ष युबराज ज्ञवालीको टोली दाङ आउने जिल्ला सचिब मनोहर बुढाथोकीले जानकारी दिनुभयो । उपाध्यक्ष शारदा शाहको स्वागत मन्तब्यबाट सुरु भएको बैठकको सहजीकरण सचिब डम्बरबहादुर सिरिस मगरले गर्नुभएको थियो ।